बिहिबार, चैत्र १५, २०८०

सङ्घीय संसद् अन्र्तगत दुवै सदनको अधिवेशन आजबाट शुरु हुँदै

काठमाडौ साउन ३,
सर्वोच्च अदालतबाट प्रतिनिधि सभा पुनस्र्थापना भएपछि मन्त्रिपरिषद्को सिफारिशमा आइतवारका अपरान्ह बस्ने गरि आह्वान भएको सङ्घीय संसद् अन्र्तगत दुवै सदनको अधिवेशन आजबाट शुरु हुँदै छ ।

आइतबार अपराह्न ४ बजे बस्ने बैठकका लागि संसद् सचिवालयले सम्भावित कार्यसूची समेत तय भइसकेको जनाउदै बैठक सञ्चालनका लागि आवश्यक सबै तयारी भइसकेको जनाएको छ ।

यसवीचमा स्वास्थ्य मापदण्डको तय, पदाधिकारी, सांसद, र कर्मचारीको कोभिड परीक्षणसमेत भइसकेको जानकारी दिदै सचिवालयले सम्भावित कार्यसूची तय गरेपनि औपचारिक अन्तिम कार्यसूची रूपमा भने आइतबार बिहान बस्ने कार्यव्यवस्था परामर्श समिति बैठकले अन्तिम टुङ्गो लगाउने जनाएको छ ।