शुक्रबार, चैत्र १६, २०८०

संसद बैठक: विश्वासको मत दिन सांसदहरुलाई प्रधानमन्त्री देउवाको आग्रह[भिडियो सहित]  

दलका नेताहरुले धारणा राख्ने क्रम जारी ,जसपाका ठाकुर पक्षले पनि प्रमलाई विश्वासको मत दिने

काठमाडौं साउन ३ ,

पुनर्स्थापित प्रतिनिधिसभाको पहिलो वैठकमा प्रधानमन्त्री शेरबहादुर देउवाले आफूलाई विश्वासको मत दिन सांसदहरुलाई आग्रह गरेका हुन् ।देउवाले विश्वासको मत मागेपछि त्यस विषयमा प्रतिनिधिसभामा रहेका दलका नेताहरुले धारणा राखिरहेका छन् जुन क्रम अहिले पनि जारी रहेको छ

यसैवीच जनता समाजवादी पार्टीका महन्थ ठाकुर पक्षले पनि प्रधानमन्त्री शेरबहादुर देउवालाई विश्वासको मत दिने भएको छ । यसअघि प्रधानमन्त्रीजी दृयवाले पत्र व्यवाहर मार्फत ठाकुर पक्षसंग विश्वासको मत माग्नु भएको थियो। प्रम देयवाको पत्र प्राप्त भएसंगै भएको बैठकले प्रधानमन्त्री देउवालाई विश्वासको मत दिने निर्णय गरेको बुझिएकोछ ।