शुक्रबार, चैत्र १६, २०८०

संसद पुनःस्थापना गर्ने सर्वोच्चको ऐतिहासिक फैसलाको स्वागत

स्वतन्त्र न्यायपालिकाप्रतिको आस्था र विश्वासलाई थप अभिवृद्धि गरेको काँग्रेस सभापति देउवाको उद्घोष,
विपक्षी गठबन्धनको बैठक बस्दै

काठमाडौं असार २८,
संसद विघटनविरुद्धको रिट उपर सर्वोच्च अदालतले आज संसद पुनःस्थापना गर्ने आदेश सहित दुई दिनभित्र रिट निवेदक समेत रहेका नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवालाई प्रधानमन्त्री बनाउन परमादेश जारी गरेसंगै काँग्रेसका सभापति शेरबहादुर देउवाले विज्ञप्तिमार्फत सम्मानित सर्वोच्च अदालतले काँग्रेसलगायत ५ दलले दर्ता गरेको रिट निवेदन उपर गरेको फैसलाको स्वागत गर्नुभएको छ ।


सर्वोच्चको आजकोआदेशले संविधको मर्मलाइ जिवन्त् बनाएनुको अलावा स्वतन्त्र न्यायपालिकाप्रतिको आस्था र विश्वासलाई थप अभिवृद्धि गरेको बताउनुभएकोछ । त्यस्तै जारी विज्ञप्त्मिा सभापति देउवाले आजको आदेशलाइ । कसैले पनि यसलाई व्यक्तिगत जीत र हारको विषयमा नलिन आग्रह गर्दै आजको आदेश मुलत संििवधानको मर्ममाथि भएको प्रहारविरुद्धको जित भएको बताउनुभएकोछ ।

यसैवीच प्रतिनिधिसभा पुनः स्थापना गरेपछि काँग्रेस सभापति शेरबहादुर देउवाले छलफलका लागि विपक्षी गठबन्धनको बैठक बोलाउनुभएको
छ । बैठक मुलत आगामी दिनको नयाँ यात्रा कसरी अगाडि बढोनेभन्ने विषयम केन्द्रीत हुने बताईएकोछ ।