बिहिबार, बैशाख १३, २०८१

संवैधानिक परिषद्सम्बन्धी अध्यादेश खारेज

काठमाडौं साउन ३ ,
प्रधानमन्त्री शेरबहादुर देउवा नेतृत्वको सरकारको पहिलो मन्त्री परिषदको बैठकको सिफारिस अनुरुप राष्ट्रपति विद्यादेवी भण्डारीले संवैधानिक परिषद्सम्बन्धी अध्यादेश खारेज गरेकी छन् ।

राष्ट्रपति कार्यालयका सहायक प्रवक्ता केशवप्रसाद घिमिरेले जारी गर्नु भएको विज्ञप्तिमा मन्त्रिपरिषद्को साउन २ मा गरेको सिफारिसअनुसार उक्त अध्यादेश खारेज भएको उल्लेख गरिएकोछ ।


स्मरण रहोस तत्कालीन प्रम केपी ओली नेतृत्वको सरकारलेजारी गरेको यो अध्यादेशको सर्वत्र विरोध भएको थियो ।