शुक्रबार, बैशाख ७, २०८१

विभिन्न सञ्चार प्रतिष्ठानमा देखिएको श्रम समस्या तत्काल समाधान गर्न महासंघको आग्रह

काठमाडौं साउन १४,
नेपाल पत्रकार महासंघका कार्यवहाक अध्यक्ष रमेश विष्टको अध्यक्षतामा आज केन्द्रीय समितिको आज बसेको उपलब्ध पदाधिकारी तथा सदस्यको बैठकले ७बुँदे विभिन नितगत निर्णय सहित विभिन्न सञ्चार प्रतिष्ठानमा देखिएको श्रम समस्या तत्काल समाधान गर्न सम्बन्धित सञ्चार गृहलाई आग्रह गरेको छ । साथै बैठक पछि जारी विज्ञप्तिमा महासंघको आग्रहलाई बेवास्ता गरेमा श्रमजीवी पत्रकारका पक्षमा सम्बन्धित सञ्चाग गृहमा दबाबमूलक संघर्षका कार्यक्रम अगाडि बढाउनुको विक्ल्प नभएको निणर्य समेत गरेको छ।

त्यस्तै सञ्चारसम्बन्धी विभिन्न कानुनहरुलाई बैठकले गम्भीररूपमा लिएको जनाउदै कानुन निर्माण गर्दा महासंघको सहमतिसहित मिडियामैत्री कानुन निर्माण गर्न माग महासंघको सहमतिबिना ल्याइएको कानुनको अवज्ञासमेत गर्ने निणर्य गरेको छ ।

साथै कोभिड संक्रमणका कारण पत्रकार तथा स्वरोजगारमूलक मिडियाहरु बढी प्रभावित हुन पुगेको सन्दर्भलाई गम्भीररूपमा लिई पत्रकार र स्वरोजगारमूलक मिडियाहरुको उत्थानका लागि विशेष बजेट प्याकेज ल्याउन सरकारको ध्यानाकर्षण गराउदै साना लगानी तथा स्वरोजगारमूलक मिडियाहरुलाई लोककल्याणकारी विज्ञापन वापत प्रदान गरिँदै आएको रकममा थप ५० प्रतिशत वृद्धि गर्न र यसअघि प्रदान गरिँदै आएको रकमबाट १० प्रतिशत कल्याणकारी कोषमा जम्मा गर्ने भनी बजेट बक्तव्यमा आएको कुराले स्वारोजगारमूलक तथा साना लागानीका सञ्चार माध्ययमा निराशा पैदा गराएकोले १० प्रतिशत रकम नकाट्न आग्रह गर्ने निर्णय गरेको छ ।

NTA

नेपालको सवैभन्दा पुरानो सुपर मार्केट

विशाल बजार कम्पनी लि.
शुक्रपथ, काठमाडौं, नेपाल

फोन: ०१४ २२८ ३४२, ०१४ २४२ १८५, ०१४ २२२ ४२३
Email: info@bishalbazar.com.np

खबरका दस्तावेजहरु