बिहिबार, बैशाख १३, २०८१

विदेशमा गरेको उपचार खर्च राज्यले व्यहोर्ने विषय गैर कानूनी : गगन

काठमाडौं साउन ६,
पूर्व मन्त्री एमव् नेपाली कांग्रेसका केन्द्रीय सदस्या गगन थापाले अघिल्लो सरकारले कानुनविपरीत गरेको निर्णयको भारी सरकारले बोक्न नहुने बताएका छन्।

मुलुकमा काँग्रेस सभापति शेर वहादुर देउवा नेतृत्वको नयाँ सरकार बनेसंगै भारतमा उपचाररत एमाले वरिष्ठ नेता झलनाथ खनालको उपचार खर्च सरकारले व्यहोर्ने भनेर हालै बसेको मन्त्रिपरिषद् बैठकले निर्णय गरेको भन्ने विषय चर्चामा आएसंगै नेता थापाले कुनै पनि व्यक्तिले विदेशमा गरेको उपचार खर्च राज्यले व्यहोर्ने कुरा गैरकानुनी हुने स्मरण गराउँनु भएको हो ।

त्यस्तै नेता थापाले खनालको उपचारका लागि परिवार, उनको पार्टी पङ्क्ति लागिरहेको भन्दै उपचार खर्च जुटाउनु पर्ने अवस्था नै आएमा त्यसका लागि आफूसहित देश विदेशमा रहेका सबै नेपाली हरदम तयार रहेको बताउँदै यस्तो बेलामा उहाँको विदेशमा गरेको उपचारको खर्च सरकारले व्यहोर्ने भन्ने विषय उठाइ उहाँको बारेमा अनावश्यक टीकाटिप्पणी गर्ने वातावरण बनाएर उहाँ र उहाँको परिवारलाई दुःखी नबनाऊन समेत आग्रह गरेका छन ।