शनिबार, बैशाख ८, २०८१

वितेको २४ घण्टामा २ हजार १६९मा कोभिड संक्रमण , २२ को मृत्यु

काठमाडौं असार २६
पछिल्लो २४ घण्टामा देशभरका प्रयोगशालामा गरिएको छ हजार ५३० जनामा पिसिआर परीक्षणको क्रममा थप १ हजार ३५३ जनामा कोभिड सङ्क्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ ।

यस्तै ३ हजार ८८७ जनामा गरिएको एन्टिजेन परीक्षणमा ८१६ जनामा सङ्क्रमण पुष्टि भएको जनाउदै मन्त्रालयले वितेको २४ घण्टामा कोभिड   सङ्क्रमणका कारण २२ जनाको मृत्यु भएको र योसँगै ९ हजार ३६२ जनाको मृत्यु भैसकेको जनाएको छ । साथै यसवीचमा १ हजार ४३२ जना सङ्क्रमणमुक्त भएको समेत मन्त्रालयले जनाएको छ ।