शुक्रबार, बैशाख ७, २०८१

वागमती प्रदेशका थोरै स्थानमा मेघगर्जन र चट्याङ्गसहित भारी वर्षाको सम्भावना, होशियारी अपनाउन आग्रह

काठमाडौं असार २०,
नेपालमा मनसुनी प्रभाव कायमै रहेको  मौसम विज्ञान विभागले जनाक्एोछ । विभागका अनुसार आज बिहान प्रदेश– १, प्रदेश–२, वागमती प्रदेश र गण्डकी प्रदेशमा सामान्यदेखि पूर्ण बदली भई केही स्थानमा वर्षा भइरहेको जनाउदै बाँकी प्रदेशमा आंशिकदेखि सामान्य बदली सहित एकाध स्थानहरुमा हल्का वर्षा भइरहेको  जनाएकोछ ।

त्यस्तै आइतवार प्रदेश–१, प्रदेश–२, वागमती र गण्डकी प्रदेशका थोरै स्थानमा मेघगर्जन र चट्याङ्गसहित भारी वर्षाको सम्भावना औल्याउँदै वर्षाको सम्भावना रहेका प्रदेशहरुको पहाडी भू–भागमा भू–क्षय, पहिरो तथा गेग्रान बहावको जोखिम रहेको साथै नदीनाला तथा खहरे खोलाहरुमा पानीको सतह बढ्न सक्ने भएकाले सतर्क हुन विभागले अनुरोध गरेको छ । दैनिक जीवन र यातायात क्षेत्र प्रभावित हुन सक्ने भएकाले आवश्यक सतर्कता अपनाउन पनि विभागले आग्रह गरेको छ ।

यद्यपि, ‘तुलनात्मक रुपमा अघिल्ला दिनहरुभन्दा अबका केही दिन कम वर्षा हुने छ । तर, यसको अर्थ वर्षा नै नहुने भन्ने होइन’, केही ठाँउमा भने अचानक भारी वर्षा पनि हुन सक्ने सम्भावना रहेको जनाएकोछ ।

 

 

 

NTA

नेपालको सवैभन्दा पुरानो सुपर मार्केट

विशाल बजार कम्पनी लि.
शुक्रपथ, काठमाडौं, नेपाल

फोन: ०१४ २२८ ३४२, ०१४ २४२ १८५, ०१४ २२२ ४२३
Email: info@bishalbazar.com.np

खबरका दस्तावेजहरु