शुक्रबार, चैत्र १६, २०८०

राष्ट्रिय सभाको ८औं अधिवेशन आजबाट शुरु हुँदै

काठमाडौं असार १६,
राष्ट्रिय सभाको  ८औं अधिवेशन आजबाट शुरु हुँदै छ । आज अपरान्ह साँझ ४ बजे संसद भवनमा बस्ने बैठकको शुरुमा राष्ट्रपति कार्यालयबाट प्राप्त अधिवेशन आव्हान सम्बन्धी पत्रको व्यहोरा अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले वाचन गरेर बैठकलाई जानकारी गराउनुहुने कार्यसूची रहेको छ ।

त्यस्तै आजको बैठकमा पूर्व सांसदहरुको निधनप्रति शोक प्रस्ताव पारित गर्ने कार्य सूचीसंगै सम्भावित कार्यसूची अन्र्तगत संवैधानिक परिषद काम, कर्तव्य, अधिकार र [कार्यविधि] सम्बन्धी [पहिलो संशोधन] अध्यादेश २०७७, शपथ सम्बन्धी अध्यादेश २०७८ ,नागरिकता [पहिलो संशोधन] अध्यादेश २०७८, बेपत्ता पारिएका व्यक्तिको छानविन, सत्य निरुपण तथा मेलमिलाप आयोग [तेस्रो संशोधन] अध्यादेश २०७७ लगायतका अध्यादेश पेश गर्ने कार्यसूची रहेको सङ्घीय संसद सचिवालयले जनाएको छ ।