बिहिबार, चैत्र १५, २०८०

मुस्लिम धर्मावलम्बीले आज कुर्वानी सहित आफ्नो दोस्रो ठूलो पर्व बकर इद मनाउँदै

काठमाडौं साउन ६,
मुस्लिम धर्मावलम्बीले आज आफ्नो दोस्रो ठूलो पर्व बकर इद नमाज पढेर चौपायालाई कुर्वानी अर्थात् बलि दिई मनाउँदैछन् । पर्वको अवसरमा आजको दिन मुस्लिम धर्मावलम्बीले सामूहिक नमाज पढेपछि एकअर्कालाई इद मुवारक भन्दै शुभकामना आदानप्रदान सहित नमाज पढेपछि मुस्लिम धर्मग्रन्थ कुरानअनुसार खसी, बोका, राँगा, बाख्रा, भैँसी, भेडा आदि चौपायालाई बलि अर्थात् कुर्वानी दिने प्रचलन रहेको सम्वद्ध व्यक्तिले बताएका छन ।

यसरी कुर्वानी दिएको मासु तीनभाग लगाई पहिलो भाग परिवारलाई, दोस्रो भाग इष्टमित्रलाई र तेस्रो भाग गरिब, दिनदुःखीलाई छुट्याउने परम्परा रहेको जानकारी दिएका छ ।

पर्वको विषयमा सम्वद्ध पक्षबाट प्राप्त आख्यान अनुसार धार्मिक मान्यताअनुसार अल्लाका नवी[दूत] इब्राहिम अलि सलामले ९० वर्षको उमेरमा पत्नी हाजराबाट प्राप्त गरेको सन्तान छोरा इस्माईललाई कुर्बानी गर्नुपर्ने आदेशलाई पालना गर्दा अल्लाह प्रशन्न भएर इस्माईलको कुर्बानी नभएर स्वर्ग९जनन्त० मा पालिएका दुम्बाको कुर्बानी भएको धार्मिक मान्य रहेको आख्यान रहेको बुझिएकोछ । त्यस्तै पर्वको अवसमार आज सरकारले सार्वजनिक विदा समेत दिएको छ ।