बुधबार, बैशाख १२, २०८१

माउण्ट एभरेष्ट फेसन रनवेको दोस्रो संस्करण सेप्टेम्बर २२ मा

काठमाडौं साउन ४ /अनुप प्रधान
माउण्ट एभरेष्ट फेसन रनवेको दोस्रो सिजन संस्करण आगामी सेप्टेम्बर २२ मा आयोजना हुने भएको छ । आज राजधानीम पत्रकार सम्मेलन मार्फत आयोजक के फिल्मिस प्रालिले कार्यक्रम सम्बन्धी जानकारी सर्वजनिक गरेको हो ।

पत्रकार सम्मेलनमा संसारको उच्च शिखर माउण्ट एभरेष्टको काखमा विश्वका दुई सयजना विशिष्ठ दर्शक माझ सम्पन्न हुने उक्त फेसन रनवेमा स्वदेशी एर्व विदेशी गरि १४ जना मोडलले डिजाइनर रमिला नेमकुलका स्वदेशी बस्तुहरुको प्रयोगबाट बनेका प्राकृति अनुकूल डिजाइन गर्नुभएको पोशाकमा मोडलहरुले मोडलिङ्ग गर्ने जानकारी दिइएको छ ।

त्यस्तै फेसन रनवेमा डिजाइनर रमिला नेमकुलको डिजाइन एवं कार्यक्रम रिकेन महर्जनद्धारा संचालन गर्ने संयोजक पंकज कुमार गुप्ताले बताए ।