शनिबार, बैशाख ८, २०८१

म.प. बैठक: योजना आयोगमा डा.पौडेल र कामु प्रधानसेनापतिको जिम्मेवारी शर्मालाई

काठमाडौं साउन १२ ,
आज बसेको मन्त्री परिषद बैठकले लुम्बिनी प्रदेशका प्रदेश प्रमुख धर्मनाथ यादवलाई हटाएर अमिक शेरचनलाई गण्डकीकी प्रदेश प्रमुख सीता पौडेललाई हटाएर पृथ्वी मान सिंह गुरुङलाई लाइ नियुक्त गर्न राष्ट्रपतिसमक्ष सिफारिस गरेको छ । त्यस्तै राष्ट्रिय योजना आयोगको उपाध्यक्षमा डा।विश्वनाथ पौडेल सहित सदस्यहरुमा क्रमस रामकुमार फुयाँल र दिलबहादुर गुरूङलाइ नियुक्त गर्ने निर्णय गरेको छ ।

त्यस्तै नेपाली सेनाका प्रधानसेनापति पूर्णचन्द्र थापाले २५ भाद्र अनिवार्य अवकाश पाउँदै गर्दाको अवस्थालाइ सम्बोधन सहित नेपाली सेनाका प्रभुराम शर्मालाई कार्यवाहक प्रधानसेनापतिको जिम्मेवारी दिने निर्णय गरेको छ । प्रधानसेनापति थापाले आगामी भाद्र २५ बाट अनिवार्य अवकाश पाउँदैछन् । अवकाशको एक महीना अघि विदा बस्ने परम्परा अनुरुप उनले २४ साउनबाट विदा बस्ने तयारी गरेको बुझिएको छ ।

यसअघि प्रदेश न २का मा समेत नयाँ प्रदेश प्रमुख नियुक्त गर्ने तयारी भएपनि तत्काललाइ प्रदेश न २ मा नयाँ प्रदेश प्रमुख परिवर्तनको सवालमा मप बैठकले केहि निर्णय नगरेको बुझिएको छ।