शनिबार, बैशाख ८, २०८१

सत्तासाझेदार दलका नेताहरुवीचको छलफल: जनतामा सरकारको उपस्थितीको प्रत्याभूत गराउने सहमति

काठमाडौं साउन १३,
प्रधानमन्त्री शेरबहादुर देउवासहित सरकारमा सहभागी दलका नेताहरु वीच सरकारको विस्तार सहित प्रभावकारितालाइ थप सवलीकरण गर्न आयोजित विशेष छलफलले मन्त्रीपरिषद् विस्तार एवम् सरकारको न्यूनत साझा कार्यक्रमबारे तर्जुमा लगायतमा विषयमा नितिगत सहमति कायम गर्दै जनतामा सरकारको उपस्थितीको प्रत्याभूत गराउने सहमति गरेको छ ।

प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा आज भएको उक्त छलफलमा प्रधानमन्त्री शेरबहादुर देउवा, वरिष्ठ नेता रामचन्द्र पौडेल, महामन्त्री पूर्णबहादुर खड्का, कृष्णप्रसाद सिटौला ,माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड , प्रवक्ता नारायणकाजी श्रेष्ठ ,जनता समाजवादी पार्टीका तर्फबाट अध्यक्ष उपेन्द्र यादव, डा. बाबुराम भट्टराई ,अशोककुमार राई राष्ट्रिय जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसी, उपाध्यक्ष दुर्गा पौडेल, एमाले माधवकुमार नेपाल समूहबाट डा. विजय पौडेल लगायतको सहभागीता रहेको