शुक्रबार, बैशाख ७, २०८१

मन्त्रालयले भन्यो -साउन १५ गतेसम्म नेपाल आइपुग्ने ३२ लाख भेरोसेल खोप सवैले लगाउन पाउछ

काठमाडौं साउन २ ,
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले १८ वर्षमाथिका सबै नागरिकलाई कोभिड विरुद्धको खोप दिने योजना बनेको जनाएको छ । त्यसका लागि खोप व्यवस्थापन भइरहेको र आगामी साउन १५ गतेसम्म ३२ लाख भेरोसेल खोप नेपाल आइसक्ने मन्त्रालयको विज्ञप्तिमा उल्लेख गरिएको छ।

सरकारले हालै मात्र चिनियाँ कम्पनी सिनोफार्मसँग ४० लाख डोज खोपका लागि नन डिस्क्लोजेबल एग्रिमेन्ट गरेको थियो । त्यसअनुसार ८ लाख डोज खोप आइसकेको छ भने साउन ६ गतेदेखि थप खोप आपूर्ति हुने जनाउ सहित मन्त्रालयका सह प्रवक्ता डाक्टर समिरकुमार अधिकारीले आज जारी विज्ञप्तिमा खोप नेपाल आएसंगै हामी सबैले खोप लगाउन पाउने छौं । संयमित भइ खोप अभियानलाइ सफल बनाउन आग्रह गरेको छ।
त्यस्तै विज्ञप्तिमा कोभिसिल्ड खोपको पहिलो डोज लगाएका ६५ वर्षभन्दा माथिका नागरिकका लागि छिट्टै दोस्रो डोज दिने सरकारको योजना रहेको उल्लेख गरिएको छ ।

NTA

नेपालको सवैभन्दा पुरानो सुपर मार्केट

विशाल बजार कम्पनी लि.
शुक्रपथ, काठमाडौं, नेपाल

फोन: ०१४ २२८ ३४२, ०१४ २४२ १८५, ०१४ २२२ ४२३
Email: info@bishalbazar.com.np

खबरका दस्तावेजहरु