बुधबार, बैशाख १२, २०८१

मनसुनी वायुको प्रभाव :काठमाडौ उपत्यका लगायत देशका विभिन्न भागमा बदलीसंगै अविरल वर्षा

काठमाडौं असार १९ ,
जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले देशभर हाल मनसुनी वायुको सक्रिय प्रभाव तथा तराई भू–भाग नजिक मनसुनी न्यून चापीय रेखा रहेकाले देशभर सामान्यदेखि पूर्ण बदली रहनुका साथै अधिकांश स्थानमा वर्षा भइरहेको जनाएको छ ।

महाशाखाका अनुसार काठमाडौ उपत्यका लगायत प्रदेश नं १, २, बागमती, लुम्बिनी र गण्डकी प्रदेशका थोरै स्थान र बाँकी प्रदेशका एकरदुई स्थानमा वर्षा भइरहेको जनाएकोछ । त्यस्तै यसवीचमा जारी आगामी ३ दिनको मौसम पूर्वानुमान बुलेटिनमा प्रदेश नं १, २, बागमती र गण्डकी प्रदेश संगै लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका विभिन्न स्थानमा समेत भारी वर्षाको समेत सम्भावना रहेको जनाक्एोछ ।

साथै महाशाखाले आगामी २४ घण्टाका लागि चेतावनी तथा परामर्श जारी गर्दै प्रदेश नं १, २, बागमती र गण्डकी प्रदेशका थोरै स्थानमा मेघ गर्जनसहित भारी वर्षाको सम्भावना औल्याउँदै पहाडी भेगमा भू–क्षय, पहिराको जोखिम तथा नदीनाला र खहरे खोलामा पानीको सतह बढन्सक्ने भएकालै दैनिक जीवनरयतायात क्षेत्र प्रभावित हुनसक्ने भएकाले आवश्यक सचेतना अपनाउन सबैमा अनुरोध गरेको छ ।