बिहिबार, चैत्र १५, २०८०

मनसुनको बढ्दो सक्रियता, ३ दिन देशभर भारी वर्षाको संभावना

काठमाडौं साउन २ ,
जल तथा मौसम विज्ञान विभागले आजबाट ३ दिन देशभर व्यापक वर्षा हुने सम्भावना रहेकाले आवश्यक सावधानी सहितको सजगता अपनाउन मौ आग्रह गरेको छ ।

त्यस्तै विभागले यसअघिनै बिहीबार र शुक्रबार देशको धेरैजसो स्थानमा आंशिकदेखि पूर्ण बदली भई हल्कादेखि मध्यम वर्षाको सम्भावना औल्याउँनुको अलावा मनसुनको न्यून चापीय रेखा तराइ नजिकै आएर बसेका कारण आइतबारदेखि मनसुन थप सक्रिय भई देशभरनै भारी वर्षाको संभावना औल्याएको हो ।

साथै विभागले शनिवार देशका धेरैजसो स्थानमा हल्कादेखि मध्यम वर्षाको सम्भावना छ । यस क्रममा सुदूरपश्चिम, लुम्बिनी, गण्डकी, बागमती, प्रदेश २ र १ का थोरै स्थानमा मेघगर्जनरचट्याङसहित भारी वर्षाको सम्भावना रहेको जनाउनुको अलावा आज राति पनि देशका धेरै स्थानमा हल्कादेखि मध्यम वर्षाको संभावना रहेको जनाएको छ।