शुक्रबार, बैशाख ७, २०८१

प्रधानमन्त्री देउवा र भारतीय समकक्षीबीच टेलिफोन संवाद, कोभिड १९ विरुद्धको खोप चाँडै आपूर्ति गर्न आग्रह

काठमाडौं साउन ४,
प्रधानमन्त्री शेरबहादुर देउवा र भारतीय समकक्षी नरेन्द्र मोदीबीच टेलिफोन संवाद भएको छ । उहाँहरवीच भएको संवाद भएको छ । उहाँहरुवीच भएको फोन संवाद मुलत शुभकामना आदान प्रदान सहित कोभिड विरुद्धको खोप केन्द्रीत रहेको बताइएकोछ ।

त्यस्तै टेलिफोन संवादको क्रममा प्रम देउवाले आफ्नो कार्यकालमा नेपाल र भारतबीचको द्विपक्षीय सम्बन्धलाई अझै बढी सुदृढ हुने विस्वास व्यक्त गर्दै भारतले अनुदानमा १० लाख खोप उपलब्ध गराएकोमा धन्यवाद ज्ञापन गर्नु भएको बुझिएको छ ।

साथै प्रम देउवाले त्यसपछि नेपालले कोभिशिल्डको २० लाख खोप खरिदका लागि भएको सम्झौता मुताविक आउन बाँकी खोप आइ नपुग्दा समस्या सिर्जना भएको भन्दै गर्दाभारतीय प्रधानमन्त्री मोदीले कोभिड १९ विरुद्धको खोप चाँडै आपूर्ति गर्ने आश्वासन दिनुभएको प्रधानमन्त्री देउवाको आधिकारिक ट्वीटरमार्फत सार्वजनिक गरिएको छ।

NTA

नेपालको सवैभन्दा पुरानो सुपर मार्केट

विशाल बजार कम्पनी लि.
शुक्रपथ, काठमाडौं, नेपाल

फोन: ०१४ २२८ ३४२, ०१४ २४२ १८५, ०१४ २२२ ४२३
Email: info@bishalbazar.com.np

खबरका दस्तावेजहरु