बिहिबार, बैशाख १३, २०८१

प्रधानमन्त्री देउवालाई विश्वासको मत प्राप्त ,पक्षमा १६५ र विपक्षमा ८३ मत

काठमाडौं साउन ३,
प्रधानमन्त्री शेरबहादुर देउवाले प्रतिनिधिसभामा विश्वासको मत प्राप्त गर्नुभएको छ । प्रधानमन्त्री देउवाले विश्वासको मतको लागि गर्नुभएको प्रस्ताव उपर भएको मतदान प्रक्रियामा संसदमा उपस्थित २४९ सदस्य मध्ये प्रम देउवाको पक्षमा १६५ मत र विपक्षमा ८३ मत परेको थियो । साथै एक संसद तटस्थ रहनुभएको थियो ।

विश्वासको मत पाउनु अघि प्रधानमन्त्री शेरबहादुर देउवाले आफूले राखेको विश्वासको मत माग्ने प्रस्तावमा समर्थन जनाउने दललाई धन्यवाद व्यक्त गर्नुभएको छ ।