मङ्लबार, बैशाख ११, २०८१

प्रधानमन्त्री देउवाको तर्फबाट विश्वासको मत प्राप्त गर्ने प्रस्ताव संसद सचिवालयमा दर्ता

काठमाडौ साउन ३,
प्रधानमन्त्री शेरबहादुर देउवाले प्रतिनिधिसभाको आज बस्ने बैठकमा विश्वासको मत लिदै हुनुहुन्छ । आज अपरान्ह ४ बजे बस्ने उक्त बैठककमा उहाँले विश्वासको मत लिन लाग्न भएको र त्यसको लागि कानुन तथा संसदीय मामिला मन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले सभामुख अग्निप्रसाद सापकोटामार्फत संसद सचिवालयमा समेत दर्ता गराउनुभएको बुझिएको छ ।

गत जेठ ८ गते विघटित प्रतिनिधिसभा पुर्नस्थापित भएसंगै पहिलो पटक बस्न लागिएको प्रतिनिधिसभाको बैठकमा विश्वासको मत लिनका लागि संसदमा हाल कायम रहेको २७१ सांसदमा विश्वासको मत लिन प्रधानमन्त्री देउवालाई कम्तीमा १३६ मतको आवश्यक पर्छ ।

जसमा काँग्रेसको ६१, माओवादीको ४९ गरी ११० सङ्ख्या पुग्छ । त्यस्तै उपेन्द्र यादव पक्षको जनता समाजवादी पार्टीसँग अहिले रहेको  १२ मतको गन्ती गर्दा कुल एक २२ मत हुन्छ र बाँकी मत प्रधानमन्त्री देउवाले  एमालेका वरिष्ठ नेता माधवकुमार नेपाल पक्षबाट प्राप्त हुने अपेक्षा गर्नु भएको छ।
स्मरण रहोस , नेता नेपालसँग २३ सांसदको मत रहेको छ। यसवचमा एमाले संसदीय दलको बैठकले सरकारलाई विश्वासको मत नदिने निर्णय गरिसकेको अवस्थामा मनेपाल समूहले के गर्छ त्यो भने अव प्रतिक्षाको  विषय भएको छ । यदि आज प्रम देउवाले सहज रुपमा विस्वासको मत प्राप्त गर्नु भयो भने आगामी डेढ वर्षसम्म सरकारको देउवा सरकारको आयु सुनिश्चित हुनेछ ।