शुक्रबार, चैत्र १६, २०८०

पूर्वमन्त्री पोखरेल ‘हरित अभियानमा’

काठमाडौं साउन १०,
नेकपा माओवादी केन्द्रका स्थायी समिति सदस्य गिरिराजमणि पोखरेलले पर्यावरण तथा चुरे संरक्षणका लागि हरित अभियान सुरु गरेका छन्। हरित अभियान अन्तर्गत पहिलो चरणमा ३ लाख विरुवा रोप्ने तयारी सहित अभियान शुरु गरिएको हो ।

पूर्वशिक्षा तथा विज्ञान प्रविधिमन्त्री समेत रहेका नेता पोखरेलले चुरे क्षेत्रमा बढेको वन विनाश, अनियन्त्रित भूउपयोग, अव्यवस्थित विकास निर्माण तथा अत्यधिक उत्खनन जस्ता मानवीय क्रियाकलापले गर्दा चुरेको वातावरण निरन्तर ह्रास हुँदै गएका कारण हरित अभियान शुरु गर्न लागेको जनाउ सहित हरित अभियानको पहिलो चरण अन्र्तगत महोत्तरीको निर्वाचन क्षेत्र नं। १ को बर्दिबास नगरपालिका, गौशाला नगरपालिका र भंगहा नगरपालिका क्षेत्रलाइ रोजेका छन ।

त्यस्तै नेता पोखरेलले हरित अभियान मानव तथा प्रकृति बिचको स्वस्थ सम्बन्धलाई पुनर्स्थापित गराउने पहल रहेको भन्दै उनले सरोकारबाला संघसंस्था, क्लब, समूहलाई यसमा सहभागि हुन अपिल गर्दै वातावरणीय समस्याहरूको समाधान गर्नका लागि सरकारी क्षेत्रको पहलबाट मात्रै सम्भव नहुने भएकाले सबै पक्ष हरित अभियानमा लाग्न आग्रह गर्नुभएको छ।