शुक्रबार, चैत्र १६, २०८०

पछिल्लो २४ घण्टामा २ हजार ६ जनामा कोभिड सङ्क्रमण,४३को मृत्यु

काठमाडौं साउन १,
पछिल्लो २४ घण्टामा २ हजार ६ जनामा कोभिड सङ्क्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ । मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा देशभरका प्रयोगशालामा गरिएको ९ हजार ६१३ जनाको पिसिआर परीक्षणको क्रममा उल्लेखित सङ्ख्यामा सङ्क्रमण पुष्टि भएको जनाएकेछ ।

यस्तै मन्त्रालयले यसवीचमा ४ हजार ५६९ जनामा गरिएको एन्टिजेन परीक्षणको क्रममा ९३० जनामा सङ्क्रमण पुष्टि भएको जानकारी दिदनुको अलावा वितेको २४ घण्टामा १ हजार ७७५ जना संक्रमित निको भएको जनाएको छ । साथै यसवीचमा सङ्क्रमणका कारण ४३ जनाको मृत्यु भएको र योसंगै मृतकको सख्या ९ हजार ५०६ जना पुगेको जनाएकोछ ।