बिहिबार, बैशाख १३, २०८१

पछिल्लो २४ घण्टामा थप ३ हजार ३६५मा कोभिड संक्रमण , १४ को मृत्यु

काठमाडौं साउन १४,
पछिल्लो २४ घण्टामा थप ३ हजार ३६५ कोभिड संक्रमित थपिएका छन्। देशभर गरिएको ९ हजार ५५५ पीसीआर र ४ हजार ६८७ जनाको एन्टीजेन परीक्षणका क्रममा ३ हजार ३६५ जनामा संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ।

मन्त्रालयका अनुसार आज पहिचान भएका संक्रमितसँगै कुल संक्रमितको संख्या ६ लाख ९० हजार ६४२ पुगेको छ। त्यस्तै वितेको २४ घण्टामा १ हजार ३७३ जना संक्रमित निको भएसंगै देशभर कोभिड निको हुनेको संख्या ६ लाख ५० हजार ४४५ पुगेको मन्त्रालयले जनाएके छ।

समथै यसवीचमा १४ जना संक्रमितको मृत्यु भएको र योसंगै संक्रमणबाट मृत्यु हुनेको संख्या ९ हजार ८०७ पुगेको समेत मन्त्रालयले जनाएको छ।