बिहिबार, बैशाख १३, २०८१

नोदन रोभर रेञ्जर / क्रयुको  नवौं वार्षिक उत्सव

काठमाडौ असार ३१,
नेपाल स्काउट अन्र्तगत नोदन रोभर / रेञ्जर क्रयुले आफ्नो स्थापना दिवसको नवौ वार्षिक उत्शव आज एक विशेष कार्यक्रमकावीच मनाएका छन ।
नेपालमा वि‍सं २००९ सालमा स्थापना भएको नेपाल स्काउट अन्र्तगत पछिल्लो समय व्यवस्थितरुपमा विस्तारित भएको पाइन्छ । मुलत बालबालिका तथा युवा वर्गको शारीरिक, मानसिक र बौद्धिक विकास गरी तिनीहरूलाई अनुशासित र स्वावलम्बी बनाई देश विकास कार्यमा सहभागी गराउने लक्ष्य सहित स्थापना भएको स्काउटको मुल लक्ष्य भनेको विश्व स्काउटद्वारा प्रतिपादित सिद्धान्त, मान्यता र भावनासंग नेपालका बालबालिका तथा युवा वर्गलाई परिचित गराउदै बालबालिका तथा युवा वर्गलाई जनसेवी बनाउदै जुनसुकै विषयमा पनि कर्तव्य परायण, अनुशासित, स्वावलम्बी, सच्चरित्रवान तथा सुयोग्य नागरिक बनाउनु रहेको कार्यक्रममा  जानकारी दिइएको छ।

त्यस्तै दैवी प्रकोप तथा दुर्घटनामा परेका व्यक्तिहरूको उद्धार जस्तो महत्वपूर्ण कार्यमा आत्मा साक्षी राखी मन बचन र कर्मले आफ्नो मर्यादामा प्रतिज्ञा सहितको प्रतिवद्धता निर्वाह गर्दै क्रियाशील स्काउटकर्मीहरुले निर्वाह गर्दै आएको विगत देखि वर्तमान सम्मको भूमिका आफैमा महत्वपूर्ण रहेको वार्षिक उत्सव कार्यक्रमका सहभागी वक्ताहरुले बताएका छन ।

नोदन रोभरका अध्यक्ष निरज तुलाधरको सभापतित्वमा भएको कार्यक्रमलाइ सम्बोधन गर्दै काठमाडौ महानगर पालिकाकी उपप्रमुख हरिप्रभा श्रेष्ठ खड्गीले दैवी प्रकोप तथा दुर्घटनामा परेका व्यक्तिहरूको उद्धार देखि जुनसुकै किसिमका विपद्मा स्काउटकर्मीले अनुशासित रुपमा निर्वाह गर्दै आएको भूमिकाबाट आफु निकै प्रभावित भएको मनोभाव अभिव्यक्त गर्दै स्काउटको अग्रणी विकासका लागि काठमाडौं महानगरको तर्फबाट आफुले हरसंभव प्रयास गर्ने बताइन ।

त्यस्तै कार्यक्रममा शार्दुलजंग गुल्मका गुल्मपति , महानगरीय प्रहरी प्रभाग जनसेवाका प्रमुख लगायतका वक्ताले शुभकामना अभिव्यक्ति सहित स्काउटका विषयमा वोल्नु भएको थियो ।