शुक्रबार, बैशाख १४, २०८१

नेपालमा असोजदेखि कोभिड संक्रमणको तेस्रो लहर सुरु हुनसक्ने संभावना बढ्दो: मन्त्रालय

काठमाडौं साउन ११,
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले सोमबार प्रतिनिधिसभाको शिक्षा तथा स्वास्थ्य समितिमा मन्त्रालयले कोभिड–१९ रोकथाम तथा नियन्त्रणका लागि नेपाल सरकारले गरेका प्रयासहरूको संक्षिप्त विवरण तथा आगामी कार्यदिशा प्रस्तुत गरेको छ।

प्रस्तुत कार्यदिशा पत्रमा नेपालमा आगामी असोज १५ गतेदेखि कोभिड संक्रमणको तेस्रो लहर सुरु हुनसक्ने संभावना बढ्दो रहेको जिकिर सहित यसको लागि वेलैमा आवश्यक सजगता अपाउन सके संक्रमणका कारण हुनसक्ने क्षतिलाइ न्यूनिकरण गर्न सक्ने उल्लेख गरिएको छ।

त्यस्तै मन्त्रालयका योजना महाशाखाका प्रमुख डा। गुणराज लोहनीले आगामी ५ महीनामा १ लाख ९३ हजार ८५६ जना नयाँ संक्रमित थपिने संभावना रहेपनि भेरियन्टको स्वरुप , खोपको उपलब्धता र प्रयोग, सामाजिक गतिविधि तथा जनस्वास्थ्यका आधारभूत मापदण्डहरूको पालनाको स्तरले यसलाई अगाडि वा पछाडि धकेल्नसक्ने अवस्था रहेको समेत उल्लेख गरिएको छ।