शुक्रबार, चैत्र १६, २०८०

नुवाकोटमा भेटियो ६० देखि सय प्रतिशत बढी सङ्क्रामक रहेको डेल्टा प्लस भेरियन्ट 

डेल्टा प्लस भेरियन्ट नै कोभिड संक्रमणको तेस्रो लहरको उत्प्रेरक बन्ने उच्च संभावना रहेको जनाउ

काठमाडौं असार २६ ,
कोभिड–१९ को बढी सङ्क्रामक मानिएको ‘डेल्टा प्लस भेरियन्ट’ फेला परेको छ । त्रिशूली जिल्ला अस्पतालले शुक्रवार जारी गरेको प्रेस विज्ञप्तिमा अस्पतालले पिसिआर प्रयोगशालाबाट पोजेटिभ देखिएका चार स्वावको नमूना राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला काठमाडौंमार्फत अन्तरराष्ट्रिय प्रयोगशालामा परीक्षण गर्न पठाएको मध्ये ३ वटा नमूनामा B.617.2 र बाँकी एक नमूनामा  {B.617.2 } + k417N डेल्टा प्लस भेरियन्ट भेटिएको उल्लेख गरिएको छ ।

त्यस्तै अस्पतालमा मेडिकल प्रमुख डा दीपेन्द्र पाण्डेको हस्ताक्षरमा जारी विज्ञप्तिमा डेल्टा प्लस भेरियन्ट पहिलेका भेरियन्ट भन्दा ६० देखि १०० प्रतिशत बढी सङ्क्रामक रहेको उल्लेख गर्दै यो भेरियन्टले वालवालिका देखि वृद्धवृद्धासमूह अर्थात सवै किसिमका उमेर समूहलाइ प्रभावित पार्ने जनाउदै डेल्टा प्लस भेरियन्ट नै कोभिड संक्रमणको तेस्रो लहरको उत्प्रेरक बन्ने उच्च संभावना रहेको समेत उल्लेख गरिएको छ।
छ। साथै अस्पतालले जिल्लामा मात्र नभइ देशभर नै उच्च सर्तकता अपनाउन सवैमा अपिल गरेको छ।