शनिबार, बैशाख ८, २०८१

थप ३ हजार १०६ जनामा कोभिड संक्रमण, २३ को मृत्यु

काठमाडौ साउन १६,
पछिल्लो २४ घण्टामा थप ३ हजार १०६ जना कोभिड संक्रमित थपिएका छन्। देशभर गरिएको ९ हजार २६३ जनाको पिसिआर परीक्षणको क्रममा दुई हजार २८० र ४ हजार २५६ जनामा गरिएको एन्टिजेन परीक्षणमा ८२६ जना गरि उल्लेखित सख्याम संक्रमित पहिचान भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ।

यस्तै मन्त्रालयले वितेको २४ घण्टामा १ हजार ९१६ जना कोभिड संक्रमित उपचार पछि डिस्चार्ज भएको जनाउनुको अलावा यसवीचमा सङ्क्रमणका कारण २३ जनाको मृत्यु भएको जनाएको छ । आज पहिचान भएका संक्रमितको मृत्युसंगै मृतकको सख्या ९ हजार ८५७ जना पुगेको जनाएको छ ।