बिहिबार, बैशाख १३, २०८१

थप २ हजार २३९ जनामा सङ्क्रमण पुष्टि , २० जनाको मृत्यु

काठमाडौ असार २५,
पछिल्लो २४ घण्टामा देशका विभिन्न प्रयोगशालामा छ हजार ६५७ जनाको पिसिआर परीक्षण र ४ हजार ६५६ जनामा एन्टिजेन परीक्षण गरि कुल ११ हजार ३१३ जनाको कोभिड परीक्षणको क्रममा २ हजार २३९ जनामा सङ्क्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ ।

त्यस्तै मन्त्रालयले वितेको २४ घण्टामा देशभर १ हजार ३१६ जना सङ्क्रमित डिस्चार्ज भएसंगै नेपालमा कोभिड मुक्त हुनेको सङ्ख्या छ लाख १६ हजार ९२९ जना पुगेको जनाएको छ । साथै पछिल्लो २४ घण्टामा २० जनाको सङ्क्रमणबाट  मृत्यु भएको र योसंगै नेपालमा मृत्यु हुनेको सङ्ख्या नौ हजार ३४० पुगेको जनाएको छ ।

यसैवीच पछिल्लो समय उपत्यकामा जारी निषेधाज्ञालाइ सहजीकरण गरेसंगै कोभिड संक्रमणको जोखिम थप उच्च भएको सम्बन्धीत विज्ञहरुले बताएका छन । कोभिड संक्रमणको चेन व्रेकका लागि जारी निषेधाज्ञाको निरन्तरता भन्दा पनि राज्यले जनस्वास्थ्यका मापदण्डको कडाइका साथ पालना गराउन र नागरिक आफै पनि सचेत र सजग हुनु जरुरी रहेको बताएकाछन ।