बुधबार, बैशाख १२, २०८१

जसपाको विवाद निरुपण :पार्टीको आधिकारिकता उपेन्द्र यादव पक्षलाई

काठमाडौं साउन ११,
निर्वाचन आयोगले २०७७ असार २४ गते निर्वाचन आयोगमा दर्ता भएको जनता   समाजवादी पार्टीको आधिकारिकता उपेन्द्र यादव पक्षलाई दिएको छ । यादव पक्षमा केन्द्रीय कार्यकारिणी समितिका बहुमत सदस्य भएकाले आयोगले उनैलाई आधिकारिकता दिएको हो ।

५१ सदस्यीय केन्द्रीय कार्यकारिणी सदस्य रहेको जसपाको आधिकारिकता विवाव निरुपणका लागि आयोगले पार्टी एकीकरण बखत संलग्न कागजातसहित आयोगमा उपस्थित गराउदै केन्द्रीय कार्यकारिणी समितिका सदस्यलाई सनाखतका लागि आज आयोगमा वोलाएको हो ।

त्यस्तै आयोगमा उपस्थित सदस्यहरुमध्ये लागि ३४ जनाले उपेन्द्र यादव पक्षमा हस्ताक्षर गर्नु भएको थियो भने १६ जनाले महन्थ ठाकुरको पक्षमा हस्ताक्षर गर्नुभएको थियो । त्यस्तै कारागारमा रहेको रेशम चौधरी समेत आयोगमा पुगे पनि चौधरी भने तटस्थ बसेका थिए ।