शुक्रबार, बैशाख १४, २०८१

चीनले नेपाललाई थप १६ लाख मात्रा खोप उपलब्ध गराउने

 खोप केन्द्र बढाउदै सर्वसाधारणलाई सहज रूपमा उपलब्ध गराउन प्रम देउवाको निर्देशन

काठमाडौं साउन १,
चीनले नेपाललाई थप १६ लाख मात्रा खोप उपलब्ध गराउनेभएको छ । नेपालका लागि चिनियाँ राजदूत हो याङ्छीले प्रधानमन्त्री शेरबहादुर देउवासँगको आजको भेटमा सो कुराको जानकारी गराउनु भएको हो । सो कुरा परराष्ट्र मन्त्रालयद्वारा जारी विज्ञप्तिमा उल्लेख गरिएको छ ।

 

यसैवीच प्रधानमन्त्री शेरबहादुर देउवाले कोभिड–१९ विरुद्धको खोप सर्वसाधारणलाई सहज रूपमा उपलब्ध गराउनका लागि आवश्यकताअनुसार खोप केन्द्र बढाउन मुख्यसचिव शङ्करदास वैरागी र स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका सचिव लक्ष्मण अर्याललाई बोलाई सो निर्देशन दिनुभएको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ ।

खोप केन्द्रमा बढ्दो भिडभाड र लाइन समेत पत्यार लाग्दो भएको गुनासो सार्वजनिक भएसंगै प्रम देउवाले यस्तो निर्देशन दिनुभएकोहो । स्मरण रहोस, प्रधानमन्त्री देउवाले पद बहाली गरेलगत्तै पहिलो मन्त्रिपरिषद् बैठकबाट आगामी चैत भित्र खोप लगाउन आवश्यक पर्ने सबै समूहका नागरिकलाई कोभिड–१९ विरुद्धको खोप लगाइ सक्ने निर्णय गर्नुभएको थियो ।