बिहिबार, बैशाख १३, २०८१

काठमाडौँ महानगरपालिको कर निर्धारण, मुल्याङ्कन र भुक्तानी प्रक्रिया अव अनलाइनबाटै

काठमाडौ असार ३१,
काठमाडौँ महानगरले आफ्ना करदाताका लागि सबै प्रकारका कर र सेवा शुल्क घरमै बसेर तिर्न सक्ने व्यवस्था मिलाएको छ। यसका लागि पहिलो एक पटक सफ्टवेयरमा विवरण भरेर दर्ता हुनुपर्छ । त्यसपछि कनेक्ट आइपीएस, इसेवा, खल्ती पे र फोनजस्ता डिजिटल भुक्तानी प्रणाली प्रयोग गरेर मोवाइलबाटै कर र सेवा शुल्क भुक्तानी गर्न सकिने महानगरले जनाएको छ ।

प्रबिधिमा आधारित यो सेवा ०७७ असोज १ गतेदेखि नमूनाका रुपमा वडा १, २, ३, ४, १०, ११, १५, २६, ३० र ३१ गरी १० वटा वडाबाट नमूनाका रुपमा सञ्चालनमा ल्याएको थियो । सफ्टवेयरको प्रयोगबाट उत्साहित हुँदै असोज ५ गतेदेखि वडा ५, ६, ७, ९, १२, १४, १६, २८, २९ र ३२ वडा गरी थप १० वटा वडामा सञ्चालनमा ल्याइएको थियो । पछि सेवोका सञ्चालनमा प्राप्त सपफलता संगै असोज १३ गतेदेखि सबै वडाबाट सञ्चालन गरिएको थियो ।

त्यस्तै प्रस्ततु सेवाबाट महानगरका मुख्य कर शीर्षक अन्र्तगत सम्पत्ति कर, बहाल कर र व्यवसाय करको सेवा शुल्क र दस्तुर अनलाइनबाटै भुक्तानी गर्न र आफूले तिरेको शुल्कको रसिद अनलाइनबाटै प्राप्त गर्न सकिने महानगरले जनाएको छ । तर प्रस्तुत प्रणाली जोडिनका लागि एक पटक वडामा जानु पर्छ भने त्यसपछि घरमै बसेर सेवा लिन सकिने महानगरले जनाएको छ ।

राजस्व विभागका प्रमुख डा. शिवराज अधिकारी भन्नुहुन्छ, ‘करदाता आफैंले पनि अनलाइनमा गएर विवरण दर्ता गर्न सक्नुहुन्छ । उहाँले भरेका विवरणहरुमा फोन नं., इमेल लगायतका विवरण छुट्ने गरेका छन् । कोही पनि करदातालाई वडामा पुग्न आधा घण्टाभन्दा बढी समय नलाग्ने भएकोले पहिलो पटकको विवरणका लागि वडामा बोलाएका जनाउ सहित महानगर करदाताप्रति उत्तरदायी छ भन्ने कुरा अनुभुति गराउने प्रयास गरेको उहााले बताउनुभयो । साथै करदाताको विवरण सफ्टवेयरमा दर्ता गरिसकेपछि आन्तरिक संकेत र करदाता कोड प्राप्त हुन्छ । यही कोडका आधारमा पछिल्लो पटक मोवाइलबाटै कर तथा दस्तुर तिर्न सकिने भएको छ ।

त्यस्तै यस प्रणालीमा २ वटा पोर्टल छन् । एउटा पब्लिक र अर्को कोर । पब्लिक पोर्टल करदाताका लागि हो भने कोर पोर्टल कार्यालयमा बस्ने अधिकारीका लागि हो । पब्लिक पोर्टलमा करदाताले आफू सम्बन्धित घर, जग्गा, सम्पत्ति, व्यवसाय, बहाल, सवारी साधन जस्ता व्यक्तिगत विवरण हुन्छन् । यस पोर्टलबाट महानगरले उठाउने मनोरञ्जन, घर नक्सा पास दस्तुरलगायत सम्पूर्ण कर र दस्तुरको दर थाहा पाउन सकिन्छ ।
पब्लिक पोर्टलका फिचर सेवाग्राहीले प्रयोग गर्नका लागि हुन् । यसमा करदाताले महानगरलाई बुझाउनु पर्ने करको प्रारम्भिक मुल्याङ्क करदाता आफैंले घरमै बसेर गर्न सक्ने सुबिधा छ । करदातासँग सम्बन्धित र सोधिएका÷माग गरिएका विवरण भरेपछि प्रणाली आफैंले करको प्रारम्भिक मूल्याङ्कन गरेर तिर्नुपर्ने राजस्वको अङ्क देखाउँछ । यसबाट महानगरलाई कति रकम तिर्नु पर्ने हो? करदातालाई थाहा हुन्छ । करदाताका लागि यो जानकारी रकम र समय व्यवस्थापनका कोणबाट महत्वपूर्ण उपलब्धी हो ।

करदाताको विवरण पेस भएपछि कर मूल्याङ्कन अधिकृतले प्रचलित कानुन र दररेटका आधारमा स्वचालित प्रणालीबाट तयार भएको कर विवरणलाई रुजु र स्वीकृत गर्नेछन् । त्यसपछि करदाताले आफूसँग भएका विद्युतीय भुक्तानी प्रणाली (ईसेवा, कनेक्टआईपीएस, खल्ती, फोनपे) बाट भुक्तानी गर्न सक्नेछन् । यसरी भुक्तानी गरिएको रकम सम्बन्धि सूचना एसएमएसबाट पनि प्राप्त हुने महानगरले जनाएको छ ।