शुक्रबार, चैत्र १६, २०८०

कांग्रेस पदाधिकारी बैठक : क्रियाशील सदस्यता विवादको सम्बोधन गर्ने जिम्मेवारी नेतृत्वलाई

काठमाडौ साउन १४,
नेपाली कांग्रेसको आज बसेको पदाधिकारी र पूर्वपदाधिकारीको बैठकले पार्टीको क्रियाशील सदस्यतामा देखिएका बाँकी विवाद मिलाउने जिम्मेवारी नेतृत्व तहलाईनै दिएको छ।

यसअघि क्रियाशील सदस्यता छानविन समितिले साउन १२ गते क्रियाशील सदस्यतासम्बन्धी प्रतिवेदन सभापति एवं प्रधानमन्त्री शेरबहादुर देउवालाई बुझाएको थियो । तर बुधबार बसेको पदाधिकारी बैठकले प्रतिवेदनमा परिमार्जनका लागि समितिलाई थप १ दिनको समय सहित बाँकी विवाद समेत को निरुपण गर्ने कार्यादेश दिएअनुरुप कार्य सम्पादन सहित आजको बैठकमा समितिले परिमार्जनसहितका प्रतिवेदन बुझाएको हो । यद्यपी प्रतिवेदनमा केही विवाद बाँकी नै रहेका कारण सोको निरुपण गर्ने जिम्मा भने शिर्ष नेतृत्वले मिलाउने भएको छ ।

सिर्जित विवादको समबोधन भएलगत्तै पार्टी पदाधिकारी सहितको नेतत्व तहले अवको केहि दिनमानै क्रियाशील सदस्यताको ठेली सहितको प्रतिवेदन हस्तान्तरण गर्दै यस प्रभावित भएका अधिवेशनको नयाँ कार्यतालिका सार्वजनिक गर्ने तयारी गरेको छ।

स्मरण रहोस बारा र सप्तरी , सिन्धुपाल्चोक, रसुवा, काभ्रेपलाञ्चोक, धनुषा, सर्लाही, कैलालीका केही क्षेत्रको क्रियाशील सदस्यता विवाद टुङ्गिन बाँकी रहेको समितिले जनाएको छ ।