शुक्रबार, बैशाख ७, २०८१

काँग्रेस पदाधिकारी बैठक आज पनि बस्दै : विवाद रहित क्रियाशील सदस्यता प्रतिवेदन बुझाइने

काठमाडौं साउन १४,
नेपाली काँग्रेसको आसन्न १४ औं महाधिवेशन र क्रियाशील सदस्यताको विषयगत एजेन्दामा केन्द्रीत हुँदै काँग्रेस पदाधिकारी बैठक आज पनि बस्दैछ । पार्टी भापति शेरबहादुर देउवाको निजी निवास बुढानिलकण्ठमा बस्ने बैठकमा विवादित भनिएको बारा, सप्तरी, धनुषा र सर्लाही जिल्लाको क्रियाशील सदस्यताबारे छलफल हुने बताइएकोछ ।

यद्यपी काँग्रेस केन्द्रीय सदस्य रमेश लेखक संयोजकत्वमा रहेको क्रियाशील सदस्यता छानबिन समितिले विवादित जिल्लाको वाहेक आठ लाख ५२ हजार ७११ जना कार्यकर्तालाई क्रियाशील सदस्यता दिने निर्णय गर्दै यससम्बन्धी प्रतिवेदन सभापति देउवालाई बुझाएको थियो ।

तर क्रियाशील सदस्यता छानबिन समितिलाई बाँकी रहेको कामको समेत जिम्मेवारी पूरा गर्न बिहीबारसम्मको समय सीमा दिएसंगै नेता रमेश लेखकको संयोजकत्वमा गठित कार्यदलले पार्टीको क्रियाशील सदस्यता टुङ्ग्याउने विषयमा गृहकार्य गर्दै आज समितिले विवाद रहित प्रतिवेदन पार्टी पदाधिकारीलाइ बुझाउने तयारी रहेको थाहा भएको छ।

काँग्रेसले आगामी भाद्र १६ गतेदेखि काठमाडौंमा १४औं महाधिवेशन आयोजना गर्ने निर्णय गरिसकेको छ । सभापति देउवा पक्षले कोभिड समस्या तथा पार्टीको आन्तरिक सांगठनिक समस्याका कारण महाधिवेशनको मिति सार्ने प्रस्ताव गरेपनि वरिष्ठ नेता रामचन्द्र पौडेल पक्षले महाधिवेशन निर्धारित समयमै हुनुपर्ने अडान राख्दै आएको छ ।

NTA

नेपालको सवैभन्दा पुरानो सुपर मार्केट

विशाल बजार कम्पनी लि.
शुक्रपथ, काठमाडौं, नेपाल

फोन: ०१४ २२८ ३४२, ०१४ २४२ १८५, ०१४ २२२ ४२३
Email: info@bishalbazar.com.np

खबरका दस्तावेजहरु