बुधबार, बैशाख १२, २०८१

काँग्रेस आसन्न् महाधिवेशन : तत्कालीन संस्थापक नेतात्रयका ३ सुपुत्रवीच विशेष छलफल

काठमाडौ साउन १६,
नेपाली काँग्रेसको आसन्न् १४ औं महाधिवेशनको विषयगत एजेन्दामा काँग्रेसका तत्कालीन संस्थापक नेतात्रयका ३ सुपुत्रवीच आज विशेष छलफल भएको छ।

जन आन्दोल ०४६ का सर्वोच्च कमाण्डर गणेशमान सिंहका सुपुत्र प्रकाशमानसिंहको ठमेलस्थित चाकसीबारीमा भएको छलफलको क्रममा काँग्रेसका महामन्त्री डा शशांक कोइराला, उपसभापति विमलेन्द्र निधिवीच संबैधानिक बाध्यतालाई समेत ख्याल गरेर पार्टीको महाधिबेशन सम्पन्न गर्ने  वातावरण निर्माण गर्नुपर्ने विषयगत एजेन्दमा   विशेष छलफल भएको बताइएकोछ ।

त्यस्तै  छलफलको क्रममा   कांग्रेस नेततृत्वमा  बनेको सरकारले प्रधानमन्त्री ले भन्नुभएजस्तै सबै नागरिकलाई खोप दिलाउन सरकारले ध्यान दिनु पर्ने लगायतका बिषयमा छलफल केन्द्रीत रहेको बताइएकोछ ।