शुक्रबार, चैत्र १६, २०८०

काँग्रेसको आसन्न महाधिवेशनमा लागि डिजिटल भोटिङ’को आन्तरिक प्रविधिको विकास

काठमाडौं साउन ५ ,  
नेपाली कांग्रेसले पछिल्लो समय बढ्दो कोभिड महामारीलाइ दृष्टिगत गर्दै आसन्न महाधिवेशनका लागि ‘डिजिटल भोटिङ’ को आफ्नै आन्तरिक प्रविधिको विकास र सुनिश्चितता गरेको छ । कांग्रेसको केन्द्रीय सूचना, सञ्चार तथा प्रचार विभागले पार्टीले आवश्यक ठहर गरेर निर्णय गरेको अवस्था समेतलाइ ध्यान दिदै हालै प्रस्तुत प्रविधिको विकास गरेको हो ।

आगामी १४औँ महाधिवेशनमै केन्द्र र सबै प्रदेशको निर्वाचनसम्बन्धी सबै प्रक्रिया सम्पन्न गर्न सकिने क्षमता सहित विकास गरिएको यस प्रविधिमार्फत सबै जिल्ला पार्टी कार्यालयमा उपस्थित भएर प्रदेश अधिवेशन र महाधिवेशनका प्रतिनिधिले मतदान गर्न सक्ने जनाएको छ ।

त्यस्तै यसका लागि आवश्यक प्रशिक्षण र सहजीकरणका लागि दक्ष इन्जिनीयरहरूको नेटवर्क समेत तयार गरिएको जारी विप्तिमा उल्लेख गर्दै १४ औं महाधिवेशनको प्रचारलाई विगत भन्दा भिन्न र जीवन्त शैलीमा अघि बढाउने निर्णय सहित बिषय केन्द्रित प्रचारलाई गहन बनाउन केन्द्रिय नीति, अनुसन्धान तथा प्रशिक्षण प्रतिष्ठानसँग आवश्यक समन्वय गर्ने निर्णय समेत बैठकले गरेको उल्लेख गरिएको छ ।

साथै बैठकले महाधिवेशनसँग सम्बन्धित प्रतिनिधि चयन प्रक्रिया, उम्मेदवारीका आधार लगायत विधानको व्यवस्थालाई सरलीकरण गर्दै सबै कृयाशिल सदस्यबीच पु-याउन आवश्यक दृष्टिगत गरि केन्द्रीय निर्वाचन समितिसँग समन्वय गरेर सामग्री तयार गर्न संयोजनको जिम्मेवारी विभागका सचिव दिनेश थापा मगरलाई दिइएको जनाउदै अघिल्ला बैठकको समिक्षा समेत गरेको छ ।

साथै आसन्न १४ औं महाधिवेशनसम्मका नेपाली कांग्रेसको विधान २०१७ को धारा ३७ उपधारा १ को ९ज० बमोजिम विगतमा गठन गरिएका निम्न उपसमितिलाई थप विस्तारित र व्यवस्थित गर्नका लागि निमनानुसारको

  छहारि संवाद उपसमिति

संयोजक: डा. सुरेश आचार्य

ख  वेबसाईट संयोजन उपसमिति

संयोजक: गोवर्धन राना मगर

 कोभिड सूचना र विश्लेषण उपसमिति

संयोजक:  डा. अञ्जनीकुमार झा

दैनिक सूचना उपसमिति

संयोजक:  दिनेश थापा मगर

 सामाजिक सञ्जाल समन्वय उपसमिति

संयोजक: ई. दिपेश बिष्ट

 टेलिभिजन संयोजन उपसमिति

संयोजक:  निर शाह

रेडियो संयोजन उपसमिति

संयोजक: गोपाल झा

तथ्याङ्क ब्यवस्थापन र विश्लेषण उपसमिति

संयोजक: डा. सञ्जय महतो थारु

  ‘इभेन्ट म्यानेजमेन्ट’ उपसमिति

संयोजक: मिन भाम

महिला प्रचार नेटवर्क

संयोजक:  अधिवक्ता अञ्जना अर्याल

युवा प्रचार नेटवर्क

संयोजक : विकल राई रहने गरि उपसमिति विस्तार गरिएको उल्लेख गरिएको छ ।