शुक्रबार, बैशाख ७, २०८१

ओलीले भने – कांग्रेसका नेतालाई प्रधानमन्त्री बनाउन गरेका हस्ताक्षर फिर्ता नभए पार्टी एकता हुन्न

काठमाडौं असार १८,
नेकपा एमालेका अध्यक्ष केपी ओलीले सर्वोच्चमा विचाराधीन मुद्दामा प्रयोग भएको हस्ताक्षर २ दिनभित्र फिर्ता नभए पार्टी एकता नहुने बताएका छन् । शुक्रबार बालुवाटारमा बसेको एमाले केन्द्रीय कमिटीको बैठकले २३ निवर्तमान सांसदहरुलाई हस्ताक्षर फिर्ता लिन निर्देशन दिदै यस्तो अभिव्यक्ति दिनुभएको हो ।

वरिष्ठ नेता माधवकुमार नेपाल पक्षका नेताहरु अनुपस्थित रहेको पार्टीको केन्द्रीय कमिटी बैठकलाई सम्बोधन गर्दै अध्यक्ष ओलीले कांग्रेसका नेतालाई प्रधानमन्त्री बनाउने छुट एमालेलाइ नभएको बताउदै कांग्रेसका नेतालाई प्रधानमन्त्री बनाउन गरेका हस्ताक्षर फिर्ता नभए पार्टी एकता नहुने बताउनुभएको हो ।

साथै आज गरिएको निर्देशन विपरित काम भयो भने पार्टी फुटको घोषणा हुने भन्दै प्रधानमन्त्री समेत रहेका पार्टी अध्यक्ष ओलीले आक्रोशित मुद्रामा हस्ताक्षर फिर्ताका अभिव्यक्ति वारम्वार अभिव्यक्त गर्दै नेता वामदेब गौतम पार्टी एकता जोगाउन आाजको बैठकमा आउनुभएको भन्दै उहाँको स्वागत गर्नुभएको थियो ।

NTA

नेपालको सवैभन्दा पुरानो सुपर मार्केट

विशाल बजार कम्पनी लि.
शुक्रपथ, काठमाडौं, नेपाल

फोन: ०१४ २२८ ३४२, ०१४ २४२ १८५, ०१४ २२२ ४२३
Email: info@bishalbazar.com.np

खबरका दस्तावेजहरु