शनिबार, बैशाख ८, २०८१

उपत्यकामा जारी निषेधाज्ञा थप एक साता लम्बियो 

 सार्वजनिक यातायातमा जोरबिजोर नियम हट्यो, माइक्रो र टेम्पो समेत चलाउन पाइने

काठमाडौं असार २०,
काठमाडौं उपत्यकाका तीन जिल्लाका प्रमुख जिल्ला अधिकारीहरुको आज बसेको सयुक्त बैठकले बढ्दो कोभिड संक्रमणको चेनव्रेकका लागि काठमाडौं उपत्यकामा गत बैशाख १६ गतेबाट जारी निषेधाज्ञाको पछिल्लो चरण अन्र्तगत जारी निषेधाज्ञा आदेशलाइ असार ३१ गते सम्मको लागि थप गरेको छ ।यसअघि जारी गरिएको निषेधाज्ञाको अवधि सोमबार राति १२ बजे पछि सकिँदै गर्दा प्रजिअहरुको संयुक्त बैठकले उपत्यकामा जारी निषेधाज्ञालाइ एक साताका लागि लम्ब्याउने निर्णय गरेको हो ।

यस्तोछ जारी निषेधाज्ञा आदेशको विस्तृत विवरण:

तर यसपटक थप गरिएको निषेधाज्ञा आदेशमा यसअघि कार्यान्वयनमा रहेको सार्वजनिक यातायातमा जोरबिजोर नियम हटाउँदै थप खुकुलो बनाइएकोछ । त्यस्तै यस अघिको बैठकले २५ सिटभन्दा माथिका गाडी चलाउन दिइएकोमा अवको चरणमा यातायात सञ्चालन गर्दा जनस्वास्थ्यका मापदण्ड अनिवार्य पालना गर्दै माइक्रो बस र टेम्पो समेत चलाउन पाउने भएकोछ । त्यस्तै लामो दूरीको सार्वजनिक यातायातको हकमा भने सञ्चालन गर्न पाइने तर जिल्ला प्रशासन कार्यालयको पास लिएको हुनुपर्ने व्यवस्था गरेको छ।

त्यस्तै सवै प्रकारका सभा, सम्मेलन, गोष्ठी, तालिम, सेमिनार, सिनेमाहल, पार्टी प्यालेस,डान्सबार, दोहोरी, नाजघर, चिडियाखाना, रगंशालामा हुने दर्शकसहितको खेलकुद र मानिसकोहरुको भीडभाड हुने अन्य सवै प्रकारका कार्यक्रम सञ्चालनमा भने अझै रोक लगाइएको छ ।