बुधबार, अशोज १२, २०७९

२ सय ९ किलो अवैध लागूऔषध गाँजा सहित भारतीय ट्रकमा सवार ३ जना पक्राउ

मकवानपुर असार ३०,
हेटौंडा उपमहानगरपालिका-१५ रातोमाटेस्थित पूर्व-पश्‍चिम राजमार्गमा बीआर ०१ जीजी ९४९५ नम्बरको भारतीय ट्रकबाट १ सय ६९ किलोग्राम अवैध लागूऔषध गाँजा सहित २ जनालाई बुधबार बिहान प्रहरीले पक्राउ गरेको छ ।

पक्राउ पर्नेहरुमा उक्त ट्रकका चालक भारत मोतिहारी बस्ने ३० वर्षीय रविन्द्र राय र सहचालक सोही ठाउँ बस्ने ३१ वर्षीय मुक्तार सैफिक रहेका छन् । हेटौंडाबाट बारातर्फ जाँदै गरेको उक्त ट्रकलाई जिल्ला प्रहरी कार्यालयबाट खटिएको प्रहरीले जाँच गर्ने क्रममा ट्रकमा लुकाई ल्याउँदै गरेको गाँजा सहित उनीहरूलाई पक्राउ गरेको हो ।

यसैगरी मकवानपुर, हेटौंडा उपमहानगरपालिका(१९ नेवारपानीस्थित पूर्व(पश्‍चिम राजमार्गमा ना।६ ख ३७४१ नम्बरको कन्टेनरबाट ४० किलो अवैध लागूऔषध गाँजा सहित नुवाकोट बेलकोटगढी नगरपालिका-४ बस्ने १९ वर्षीय दिपक गुरुङलाई बुधबार बिहान प्रहरीले पक्राउ गरेको   छ । मनहरीबाट हेटौंडातर्फ आउँदै गरेको उक्त कन्टेनरलाई जिल्ला प्रहरी कार्यालयबाट खटिएको प्रहरीले जाँच गर्ने क्रममा कन्टेनरमा लुकाई राखेको उक्त गाँजा सहित फेला पारी कन्टेनर सहचालक गुरुङलाई पक्राउ गरेको हो । यस सम्बन्धमा थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ ।

साल्ट ट्रेडिङ्ग कपोर्रेशन लिमिटेड

कालिमाटी, काठमाडौं
फोन नं: ०१४ २७० ३१५ ,फ्याक्स: ०१४ २७१ ७०४
Email salt@stcnepal.com, admin@stcnepal.com

नेपालको सवैभन्दा पुरानो सुपर मार्केट

विशाल बजार कम्पनी लि.
शुक्रपथ, काठमाडौं, नेपाल

फोन: ०१४ २२८ ३४२, ०१४ २४२ १८५, ०१४ २२२ ४२३
Email: info@bishalbazar.com.np

खबरका दस्तावेजहरु