बुधबार, अशोज १२, २०७९

सर्वोच्चले माग्यो मन्त्री श्रेष्ठसँग लिखित जवाफ

काठमाडौं असार २३,
सर्वोच्च अदालतले जातीय विभेदको आरोप लागेकी घरबेटीलाई रिहा गराउन सहयोग गरेको विषयमा शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री कृष्णगोपाल श्रेष्ठसँग लिखित जवाफ माग गरेको छ ।

सर्वोच्चका न्यायाधीश कुमार रेग्मीको इजलासले अदालतले सञ्चारकर्मी रुपा सुनारलाई जातीय विभेद गरी कोठा भाडामा नदिएको आरोप लागेकी सरस्वती प्रधानलाई रिहा गराउन प्रहरी कार्यालय पुगेर सहयोग गरेको भन्दै शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री श्रेष्ठलाइ बर्खास्ती माग सहित दायर रिटको सुनवाइ गर्दै यस्तो आदेश दिएको हो ।

त्यस्तै न्यायाधीश रेग्मीको इजलासले मन्त्री श्रेष्ठलाई बर्खास्त गर्न माग गरेको अन्तरिम आदेशका विषयमा भने छलफलका लागि दुबै पक्षलाई असार २८ गते अदालतमा उपस्थित हुन आदेश सहित प्रस्तुत मुद्दालाई शीघ्र टुंगो लगाउनुपर्ने भन्दै अग्राधिकार दिनसमेत अदेश दिएको छ ।

साल्ट ट्रेडिङ्ग कपोर्रेशन लिमिटेड

कालिमाटी, काठमाडौं
फोन नं: ०१४ २७० ३१५ ,फ्याक्स: ०१४ २७१ ७०४
Email salt@stcnepal.com, admin@stcnepal.com

नेपालको सवैभन्दा पुरानो सुपर मार्केट

विशाल बजार कम्पनी लि.
शुक्रपथ, काठमाडौं, नेपाल

फोन: ०१४ २२८ ३४२, ०१४ २४२ १८५, ०१४ २२२ ४२३
Email: info@bishalbazar.com.np

खबरका दस्तावेजहरु