मङ्लबार, अशोज १२, २०७८

संसद विघटनविरुद्धको रिट उपर सर्वोच्चले आजअन्तिम आदेश दिने संभावना प्रवल

काठमाडौ असार २८,
संसद विघटनविरुद्धको रिट उपर सर्वोच्च अदालतले आजको लागि  तोकको पेशीमा छलफल हुँदैछ । उक्त मुद्धामा पक्ष विपक्ष तथा एमिकस क्युरीको रायसमेत सुनेपछि सर्वोच्च अदालतले आजका लागि पेसी तोकेको हो । प्राप्त जानकारी अनुसार सम्भवतः सर्वोच्चले आज अन्तिम आदेश समेत गर्ने प्रवल संभावना रहेको बुझिएको ।

प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबरा र न्यायाधीशहरू दीपककुमार कार्की, मीरा खड्का, ईश्वरप्रसाद खतिवडा र डा.आनन्दमोहन भट्टराईको संवैधानिक इजलासमा असार ९ गतेदेखि २१ गतेसम्म भएको रिटको निरन्तर सुनुवाइ सकिएसंगै न्यायाधीशबीच आवश्यक परामर्श र अन्तिम आदेश तयारीका लागि एक साताको समय राखेर हेर्दा हेर्दैमा पेसी तोकिएको र सोहि अनुरुप उक्त मुद्धामा आज आदेश हुन सक्ने सर्वोच्च स्रोतले जनाएको छ ।

स्मरण रहोस निवेदक पक्षले काँग्रेस सभापति शेरबहादुर देउवालाई प्रधानमन्त्री नियुक्तिको परमादेश माग गरेको छ भने विपक्षीले भने विघटन संवैधानिक दायित्व पूरा गरेकाले बदर हुनु नपर्ने जिकिर प्रस्तुत गरेका छन । त्यस्तै यसवीचमा सर्वोच्चले दिने आदेशमा प्रस्तुत मुद्धाको छिनोफानो हुने भएको छ।

साल्ट ट्रेडिङ्ग कपोर्रेशन लिमिटेड

कालिमाटी, काठमाडौं
फोन नं: ०१४ २७० ३१५ ,फ्याक्स: ०१४ २७१ ७०४
Email salt@stcnepal.com, admin@stcnepal.com

नेपालको सवैभन्दा पुरानो सुपर मार्केट

विशाल बजार कम्पनी लि.
शुक्रपथ, काठमाडौं, नेपाल

फोन: ०१४ २२८ ३४२, ०१४ २४२ १८५, ०१४ २२२ ४२३
Email: info@bishalbazar.com.np

खबरका दस्तावेजहरु