शनिबार, कार्तिक ६, २०७८

मेडिकल काउन्सिलको प्रमाणपत्र किर्ते गरेको अभियोगमा रंजित पक्राउ

काठमाडौं साउन १०,
नेपाल मेडिकल काउन्सिलको प्रमाणपत्र किर्ते गरेको अभियोगमा ललितपुर जिल्ला ललितपुर महानगरपालिका-२ बस्ने ३६ वर्षीय विजय श्याम रंजितलाई काठमाडौं महानगरपालिका-३ महाराजगञ्जबाट आइतबार बिहान प्रहरीले पक्राउ गरेको छ ।

विजयले नेपाल मेडिकल काउन्सिल काठमाडौं बाँसवारीबाट चिकित्सकको रुपमा दर्ता हुनको लागि दर्ता प्रमाणप्रत्र प्रवेश परीक्षामा अनुतिर्ण भई नेपाल मेडिकल काउन्सिलको स्थाई दर्ता प्रमाणपत्र नम्बर १०८५५ को प्रमाणपत्रमा काउन्सिलको छाप लगाई, रजिष्ट्रारको दस्तखत समेत किर्ते गरेको भन्ने सूचनाको आधारमा प्रहरी प्रधान कार्यालय केन्द्रीय अनुसन्धान ब्यूरो महाराजगञ्जले निजलाई पक्राउ गरेको हो ।

पक्राउ परेका अभियुक्तलाइ लिखत सम्बन्धी कसूर अपराधमा जिल्ला अदालत काठमाडौंबाट म्याद थप अनुमति आवश्यक अनुसन्धान भईरहेको ब्यूरोले जनाएको छ ।

साल्ट ट्रेडिङ्ग कपोर्रेशन लिमिटेड

कालिमाटी, काठमाडौं
फोन नं: ०१४ २७० ३१५ ,फ्याक्स: ०१४ २७१ ७०४
Email salt@stcnepal.com, admin@stcnepal.com

नेपालको सवैभन्दा पुरानो सुपर मार्केट

विशाल बजार कम्पनी लि.
शुक्रपथ, काठमाडौं, नेपाल

फोन: ०१४ २२८ ३४२, ०१४ २४२ १८५, ०१४ २२२ ४२३
Email: info@bishalbazar.com.np

खबरका दस्तावेजहरु