सोमवार, बैशाख ३, २०८१

पछिल्लो २४ घण्टामा थप २ हजार ९७७ जना कोभिड संक्रमित थपिए, १८ को मृत्यु

काठमाडौं साउन ८,

पछिल्लो २४ घण्टामा थप २ हजार ९७७ जना कोभिड संक्रमित थपिएका छन्। देशभर गरिएको १३ हजार ६९८ पीसीआर र ३ हजार ६१० जनाको एन्टीजेन परीक्षणको क्रममा २ हजार ९७७ जनामा संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ।

यस्तै, यसवीचमा १ हजार ६७८ जना कोभिड सङ्क्रमित डिस्चार्ज भएको जनाउदै यसवीचमा सङ्क्रमणका कारण १८ जनाको मृत्यु भएको जनाएको छ । मन्त्रालयका अनुसार आज पुष्टि भएका मृतक संगै कोभिड संक्रमण कारण मृत्यु हुनेको सख्या ९ हजार ६७९ पुगेको जनाएको  छ।