सोमवार, साउन १८, २०७८

नमस्ते आजको आवश्यक संस्कार

  •  भेषजङ्ग बादल
    आफ्नो परम्पराअनुसारको अभिवादनलाई राम्रो चलनको रूपमा मानिन्छ र यो प्रचलन सबैजसो देशहरूमा कुनै न कुनै रूपमा पाइन्छ । मनुस्मृतिमा परम्परामा गरिने प्रणामलाई केवल राम्रो चलन भनेर मात्र होइन, जीवनमा समृद्धि र सुख प्राप्त गराइदिने साधनको रूपमा समेत लिइन्छ ।
    हिन्द महाद्वीपमा सबैलाई थाहा भएकै कुरो हो, नमस्ते एउटा परस्परमा वन्दना गर्ने परम्परागत प्रचलत हो । यो प्रचलन परापूर्वकालदेखि चलिआएको छ । यसको प्रारम्भ कसले ग¥यो र यसको उत्पत्ति साँच्चिकै कसरी भयो ? सो कसैलाई थाहा छैन । सर्वसाधारण मानिसबाट यसको वास्तविक दर्शन र महत्व हराइसकेको छैन । उसले केवल यान्त्रिक तवरले आदतको रूपमा मात्र नमस्ते गरेको पाइन्छ । यान्त्रिक तवरले गरिएको यस्तो किसिमको अभिवादन रीतिमा कुनै सच्चाइ हुँदैन र यस्तो कार्यबाट कुनै अर्थपूर्ण परणिाम वा समझदारी निःसत हुँदैन । हिन्द महाद्वीपका जनताका यस्ता प्रकृतिका अरू धेरैजसो रीतिस्थिति तथा चलन प्रचलनहरूमा गहिरो दर्शन हुन्छ । हाल मानिसहरू ती चलनहरूको हाम्रो दैनिक जीवनमा पर्ने महत्वबारे अनभिज्ञ रहेको हुँदा आधुनिकताको नाममा तिनलाई त्याग्दै छन् ।नमस्ते दुई संस्कृत शब्द नमः र ते को योग हो । नमः को अर्थ नुग्नु वा झुक्नु हो भने तेको अर्थ तपाईंलाई हो । अतः नमस्तेको अर्थ “म तपाईंसमक्ष निहुरिन्छु” भन्ने हुन आउँछ । यसरी शिर झुकाउने काम सँगसँगै दुई हत्केला जोडेर तिनलाई छातीतिर तान्ने काम पनि हुन्छ ।
    नमस्तेको उत्पत्ति र अभिव्यक्ति वास्तवमा हिन्द महासागरीय क्षेत्रका हुन् । हाम्रो संस्कृतिमा स्वीकार र समाहित गर्न सक्ने असीम क्षमता छ भन्ने कुरालाई सन्देहको छायाँसम्म पनि नपर्ने गरी सिद्ध गर्नुको साथै यसले धेरै विदेशी संस्कृतिलाई पनि न्यानो स्वागत दिएको छ । यो कृतज्ञ छ र यसले एक–अर्काको आधारभूत एकतालाई मान्यता दिन्छ ।

सर्वप्रथम ‘नमस्ते’ ले यस संसारका दुई शाश्वत् शक्तिको अस्तित्वलाई मान्दछ र मानव सम्बन्धमा यी दुई शक्तिलार्य सन्निकट ल्याउनु पर्ने प्रयत्नलाई औंल्याउँदछ । ‘नमस्ते’ पछाडि रहेका यी दुई शक्ति के हुन् त ? ती हुन्, जड तथा जीव । यही सुन्दर एकता अद्र्धनारीश्वरका रूप अर्थात् शिवशक्तिस्वरूप एकात्म शरीरमा भल्किन्छ । यो मूर्ति मानव दृष्टिकोढाबाट योग समन्वय अर्थात् अन्तपूर्ण योगको प्रतीक हो किनभने पुरुषको संसारविना परमात्मासित कुनै सबन्ध स्थापित हुन सत्तैmन । अतः एकत्वमा यी दुवै पक्षलाई समानुपातिक भावले हेर्नु एक प्रगतिशील जीवनमार्ग हो र यसलाई नै जीवनको योगमार्ग भनिन्छ । यी दुई पक्ष अविभाज्य छन् । यही नै नेपाली परम्परामा पुरुष र स्त्रीबीचको आदर्शमय एकता रहिआएको छ । यसरी यस एकताको रहस्यको प्रतीक मानिएको नमस्ते मुद्रामा त्यो कुञ्जी पाइन्छ जुन जीवनको सन्तुलन कायम राख्न र स्वास्थ्य, सामञ्जस्य, शान्ति तथा सुख पाइने क्षेत्रभित्र प्रवेश गर्नको लागि आवश्यक हुन आउँदछ । अतः जबसम्म हामी यस ‘नमस्ते’ भित्र र ‘नमस्ते’ बाटै हाम्रो लक्ष्य प्राप्त गर्न सक्दैन  तबसम्म हाम्रो जीवन एक संघर्ष मात्र रहिरहने छ ।

उत्तर भागमा रहेको ‘शक्ति’ जड हो भने दक्षिण भागमा रहेको ‘शिव’ जीव हो । यी दुवै सिद्धान्तको संयोजन हामीमा विद्यमान छ र यसलाई आफ्नै व्यक्तिगत प्रयासबाट मात्र प्राप्त गर्न सकिन्छ । यी दुई शक्तिहरू मिलीजुली सामञ्जस्ययुक्त भै काम गरिरहेका छैनन् भने हामीमा रहेको जीवन गडबडयुक्त रहन्छ । अतः सार रूपमा नमस्ते भावनाले हाम्रो दृष्टिकोण तथा व्यवहार सम्बन्धी जीवन्त सामञ्जस्यतालाई जनाउँदछ । व्यक्तिको जीवनमा होस् वा कुनै राष्ट्रकै होस्, जहाँ–जहाँ यो भावना रहँदैन त्यहाँ–त्यहाँ गडबडी उत्पन्न भै जनतामाथि दुःख जाइलाग्दछ । कहिलेकाहीँ त्यो दुःखले जनता र राष्ट्रलाई नै नमस्ते भावना प्राप्त गर्न समर्थ तुल्याउँदछ ।

अर्को शब्दमा भनूँ भने, यो संकेत नै ‘म तिमीमा ईश्वर पाउँदछु’ भन्ने विनयको अभिव्यक्ति हो । यदि यस्ता अनुभूतिबाट मानव सम्बन्ध प्रारम्भ हुन्छ भने के हाम्रो पारस्परिक व्यवहारमा बाङ्गोपना वा धुत्याईंको लागि कुनै स्थान रहला र ? यही नै हाम्रो आध्यात्मिक अभ्यासका तमाम प्रणालीको त्यो शुरुवात हो जसले कैयौँ आध्यात्मिक तेजस्वीहरूलाई विस्तारित चेतनाको असीमित स्रोतभन्दा पर कता–कता शिखरमा पु¥याइदिएको छ । नमस्ते नै सूर्य नमस्कार व्यायाममा प्राचीन ऋषिमुनिहरूले सुन्दरतम स्वास्थ्य कायम राख्नका लागि प्रयोग गरेको प्रथम मुद्रा हो । यो व्यायाम आजभोलि पनि बिहान सबेरै योगका छात्रहरूद्वारा गरिन्छ । प्रार्थना, ध्यान आदि अन्य सबै योगाभ्यासहरू यस सरल मुद्रा पनि आउँछन् ।

महान् बुद्धिबाट ‘नमस्ते’ निःसृत हुन्छ र यसै दृढ अभ्यासले आफ्ना सहजीवीहरूको सम्बन्ध ‘म तिमीमा ईश्वर पाउँदछु’ भन्ने अनुभूति जगाउँदछ । यसले एक यस्तो भावना अनुभूत गराउँछ जुन झण्डै एक सहज स्वस्पूmर्त ज्ञानकै समान हुन्छ । एकं सद्विप्रा बहुधा वदन्ति’ भनी वेदमा उल्लेख गरिएको छ । यसको अर्थ हो– विद्वान्हरूले एउटा ईश्वरलाई विभिन्न नामले पुकार्छन् । यही उपदेशलाई शंकरले अद्वैतवाद, माधवले द्वैतवाद र रामानुजले सगुण अद्वैतवाद जस्ता शब्दहरू प्रयोग गरी विविधता देखाएका छन् जसलाई हाम्रा महादेशको महत्वपूर्ण दर्शनहरूमा मान्यता दिएको छ । विभिन्न देवताहरूप्रति आदरभाव प्रदर्शित गर्न हाम्रा दर्शनका विभिन्न पुस्तकहरूमा ‘नमस्ते’ कै प्रयोग गरिन्छ । जब यस मुद्रालाई विस्तारित गरेर मानव समक्ष पु¥यान्छ, तब यसले मानवभित्रको देवत्वलाई मान्यता दिएको हुन्छ र यसरी उसको स्वरूपलाई पनि एक गतिशील देव मन्दिर मानिन्छ ।

जीवनको उत्पत्ति र लक्ष्यमा पनि नमस्ते भावना पाइन्छ । यसरी हाम्रो आध्यात्मिक विकासले नै हामीालई यस संसारमा ल्याइदिएको हो । यद्यपि, हामीमध्ये कोही भविष्यमा अति शक्तिशाली बन्ने भाग्य लिइआएका हुनसक्छौँ । तथापि प्रारम्भवमा उसले पन जीवनलाई अति विनम्र अवस्थामा स्वीकारेको हुन्छ । मानिस मानिबबीच सम्पर्क राख्दा जब हामी यही जोडिएको हात अर्थात् नमस्तेको संकेतबाट एक–अर्कालाई प्रणाम गर्दछौँ तब यही विनयको संस्मरण गरिएको हुन्छ ।हामीले अन्त्यमा हाम्रो निकटतम तथा प्रियतमहरूसँग बिदा लिनु पर्ने हुँदा, आखिरमा आध्यात्मिक प्रगति मात्रै हाम्रो जीवनको एकमात्र लक्ष्य बन्न आउँछ । कुन क्षण यो बोलावट हामीसँग आउँदछ, हामी कहिल्यै थाहा पाउन सक्तैनौँ । न हामी यसलाई नियन्त्रणमा राख्ने कुरा सोच्न सक्छौँ । आध्यात्मिकतामा पुगेँ भन्नु पनि विनयी नहुनु भनी भन्ठान्नु मात्र पनि वास्तविक आध्यात्मिकताको सच्चा स्वर्ण चिन्ह हुन् । यस्तो प्राप्तिमा मात्र सच्चा सुख विद्यमान हुन्छ । जीवनका यस्ता सारा दर्शनहरू नमस्तेको सरल मुद्रामा निहित छन् ।
जसरी हावाको दिशाअनुसार हामीले डुंगामा पाल हाल्न जानेको खण्डमा हामी पानीमाथि छिटो चल्न सक्छौँ त्यसरी नै हाम्रो जीवनको बाटो सुगम बन्न जान्छ । नमस्तेले हामीलाई प्रकृतिको ताल अनुरूप जीउन र विकसित भई उत्तम मनुष्य बन्न सघाउँछ । यसको अभ्यास गर्न हामीलाई केही मूल्य पर्दैन । यो हाम्रा प्राचीन सन्त मुनीहरूले हामीलाई दिएका छन् । जसले जहाँ पनि यसको अभ्यास गर्न सक्दछ । तर जो सहृदयी तथा विनयशील छन् तिनीहरू मात्र लाभान्वित हुन्छन् ।

जीवनको विकासशील प्रक्रियामा हाम्रो अभिवृद्धि जस्तै विनाश पनि साथ लाग्छ । हाम्रै अभिवृद्धिमा मात्र हामी हाम्रो क्षयको उपचार पाउन सक्छौँ । सच्चा हृदयको नमस्तेको अभ्यास गर्ने व्यक्ति वास्तवमा क्षीण हुन्छौँ वा हुँदैनौँ भन्ने कुरोको जानकारी हुँदैन । किनभने हामी हाम्रा दैनिक जीवनमा यसकै अभ्यासबाट हाम्रो अस्तित्वको त्यस अविनाशी र शाश्वत्, सर्वव्यापी स्रोतसित निर्निमेष एक भई तादात्म्य स्थापित गर्न प्रयास गर्दछौँ । नमस्ते मुद्रामा जोडिएका हातहरू जीवनका केही आधारभूत तथ्यहरूका प्रतीक स्वरूप हुन्छन् । भित्र रहेको अन्तरात्माको प्रस्फुरणको लागि स्वस्थ शरीर एक पूर्वावश्यकता हो तापिन हाम्रो शरीर हाम्रो आत्माभन्दा भिन्न छ भनी हामीले स्वीकार्नु पर्छ यही यसको भाग हो । दायाँ र बायाँ हातद्वारा प्रतिनिधित्व गरिएका जीवनका यी दुई पक्षहरूलाई ईश्वरत्वको असीम विचारको सुर अनुरूप नमस्ते मुद्रामा सामञ्जस्ययुक्त ढंगले जोड्नु पर्दछ । आफ्नो व्यक्तित्वमा जीवनका यी दुई पहलूबीच सामञ्जस्यता ल्याउन प्रयत्न नगर्ने मानिसमा आध्यात्मिक उन्नतिको कुरो त परै जाओस्, शान्ति, सुख, समृद्धि, सम्पन्नता समेत केही हुँदैन । एकांगी विकासले जीवनमा अनमेल, असुख आदि समस्या सिर्जना गर्छ नै । सामञ्जस्य जुन सुखमय जीवनको लागि आवश्यक पर्दछ सो कुरो कुनै पनि पुरुषमा जड र जीवबीच ताल मिलाउन सक्ने क्षमतामा निर्भर हुन्छ । यो करो अत्यन्तै महत्वपूर्ण छ किनभने जीव अर्थात् जीवनशक्ति विनाको शरीर कसैलाई पनि कुनै प्रयोजनको हुँदैन । यसलाई मृत जड भनिन्छ । जीव अर्थात् जीवशक्तिसँग यिनको सुर मिल्दा यिनी जतिसुकै शक्तिशाली तथा गौरवशाली होउन् यिनलाई मृतावस्थामा कसैले कति पनि मान्दैनन् । आज हामी यस विश्वमा जति समस्या देख्छौँ ती मध्ये धेरैजसोको कारणमा मन, वचन र कर्मले यिनै नमस्ते भावनाको उपेक्षा गर्नुलाई औंल्याउन सकिन्छ । नमस्ते मुद्रामा बायाँ हातद्वारा प्रतिनिधित्व गरिएको जड तत्वभित्र पदार्थमा हरेक पहलू समाविष्ट हुन्छन्, जस्तै प्रकृति र तिनीमाथि मानिसले प्रवञ्चना गरेको स्वामित्व, शोषण, दोहन तथा विक्षेपण ।

हामी विशेष गरेर जडसित जीवनको संयोजन गर्न असफल हुन्छौँ र यसरी हामी आपूm र आफ्ना परिवेशभित्र असामञ्जस्यता पैदा गर्दछौँ । मानिसभित्रको जीव नै उसको यस संसारमा आउनुको मूल कारण हो भन्ने कुरो निर्विवाद छ र केवल यस जीवले मात्र हामीलाई यस वर्तमानमा गतिशील बनाइ राख्दछ । अतः जडसित सम्बन्ध्ति जुकसुकै कुरो पनि आखिरमा यस जीवतिरै जानु पर्दछ । मानिसभित्र जीवनको अनवरत अस्तित्वबाट नै जुनसुकै चीजको पन भौतिक रूप कायम हुन्छ । यसकारण हामीले हाम्रो सहजीवीप्रति ‘नमस्ते’ संचार गर्न हाम्रा देब्रे हातलाई दाहिने हाततर्पm खिच्दा हामीले हाम्रा मन, वचन र कर्मको भौतिक अंशलाई यस जीव समक्ष समर्पण गरौँ यही नै ‘नमस्ते’ को माग हो ।
हात जोड्नुको तात्पर्य के हो ? यतिखेर नमस्ते मुद्रामा रहेको हाम्रो देब्रे हत्केला नै जड वा हाम्रो रूपभित्र रहेको त्यस आत्माको प्रतीकस्वरूप हुन्छ जुन आत्मालाई हामी चैतन्य वा जीवनशक्ति वा हाम्रा परम्पराअन्तर्गत कुण्डलिनी शक्ति पनि भन्दछौँ । यदि जडभित्र हामीलाई सञ्चालन तथा क्रियाशील गराउने आत्मा हुन्छ भने त्यस जडभन्दा पर रहने एउटा महानतम आत्मा पनि हुनुपर्दछ । हाम्रो परम्परामा यसलाई जीवभित्रको आत्मा वा पराचैतन्य वा कुण्डलिनी पराशक्ति वा अध्यात्मक पनि भनिन्छ ।
नमस्ते मुद्रामा हाम्रा हात जोडेर संयोजन गरिएका दुई सशक्त सिद्धान्त यी नै हुन् । अतः जीवनको समस्त दर्शन नै यसभित्र रहन्छ । नमस्ते गर्दा हामी किन दुवै हात प्रयोग गर्छौं ? केवल जडभित्र आत्मा छ भन्ने ज्ञान मात्र हामीसँग भएमा जीवनको प्रवाह अरू कुनै प्रगति हुन नसकी अवरुद्ध हुने हुँदा हामी यसो गर्छौं । नमस्ते मुद्रामा हाम्रो दायिने हत्केलाले प्रतीकस्वरूप जनाएको जीवभित्रको आत्माले हाम्रो मानसलाई असीमित तवरले विस्तृत हुने मौका दिएर हामीलाई विशालहृदयी बनाउँदछ । यस प्रविधिलाई हाम्रा उपनिषद् आदि दर्शनमा नेति नेति अर्थात् ‘यो होइन’, ‘यो होइन’ भनिन्छ । नमस्ते कै दिनानुदिन अभ्यासबाट अजागृत आत्माहरू यथार्थप्रति जागृत हुन्छन् । यही भावनाले मात्रै हाम्रो व्यक्तित्वमा विज्ञान र धर्मको संयोजन सम्भव हुन्छ । अतः नमस्ते मुद्रा हाम्रा प्राचीन सन्त मुनिहरूले प्रत्यक्ष अवलोकन तथा अनुभवको आधारमा स्थापना गरेको एक विकासशील प्रतीक हो । दुई हात नमस्ते मुद्रामा जोडिँदा दुवैको पहिचान हराउँछ र प्रतीक स्वरूप यी आवद्ध हातले एकत्वभाव र रूप दर्शाए झै हाम्रो व्यक्तित्वमा एकत्वको तेस्रो रूप मूर्त हुन्छ । यही नमस्तेमा हामी अनन्त जीवनको परिचय पाउँदछौँ । अतः नमस्तेको रहस्य यी जोडिएका हातद्वारा प्रदर्शित गरिएभैझै  जडको जीवसित अथवा नश्वर देहको अमर आत्मासितको संयोजन हो ।

नमस्तेको समुचित मुद्रामा हामीले देब्रे हातका पाँचवटा औँलालाई दाहिने हातमा पाँचवटा औँलासित ठ्याक्क मिलाउनु पर्दछ । यस सरल क्रियाको दर्शनले समस्ता जीवनको क्रियाकलापमाथि नियन्त्रण राख्दछ । बायाँ हातका पाँच औँलाले पंच कमेन्द्रिय अर्थात् वाक् (बोली), पाणि (हात), पाद (पाउ), पायु (मलद्वार), उपस्थ (जनेन्द्रिय) को प्रतिनिधित्व गर्दछन् र यी विना कसैले पनि संसारमाकेही गर्न सक्दैन । यदि हाम्रा कार्यहरू सोचाइरहित स्वचालित हुन्छन् भने परिणामको विचार राखी गरिएका कार्यहरूको तुलनामा वास्तवमा त्यस्ता कार्य उपयोगी नहुन सक्छन् । यस अवस्थामा उपयोगी कार्यहरू गरिन्छन् र अनुपयोगी कार्यहरू छाडिन्छन् । यस अवस्थामा उपयोगी कार्यहरू गरिन्छन् र अनुपयोगी कार्यहरू छाडिन्छन् । यसले नै हाम्रो जीवनको राम्रो सेवा गर्दछ । त्यसकारण कार्यमा दक्षता हासिल गर्नका लागि पाँच कमेन्द्रियलाई पाँच ज्ञानेन्द्रियसित राम्ररी मिलाउनु पर्ने हुन्छ । दायाँ हातका पाँच औँलाले सोद्देश्य पाँच ज्ञानेन्द्रियसित अर्थात् आँखा (चक्षु) ले आकृति (रूप), नाक (घ्राणेन्द्रिय) ले वासना (गन्ध), कान (श्रोत्रन्द्रिय) ले आवाज (शब्द), जिभ्रो (रसना) ले चाख्नु (स्वाद), छाला (त्वक्) ले छुवाइ (स्पर्श) को प्रतिनिधित्व गर्दछन् र यी विना हामी कुनै प्रगतिशील कर्म गर्न सक्दैन । नमस्ते गर्न हात जोड्दा हाम्रा दुई हातका दश औँलाबाट प्रतीत भएको यस दर्शनले हामीलाई सम्यक् विचार र सम्यक् कर्म गर्न लगाउँछ । उत्तम जीवनको लागि चाहिने आधार यही नै हो । नमस्ते मुद्रामा अन्तर्निहित उच्च ज्ञान अनुकूल जीवनको प्रारम्भ पनि यही हो । जब ज्ञानेन्द्रियहरूले कमेन्द्रियहरूलाई नियन्त्रित गर्छन् तब हामी यी आबद्ध हातमा पाइने एकत्व ज्ञानको मार्गमा डो¥याइन्छौँ । यसरी अनुभूति र कर्म नमस्ते मुद्रामा संयुक्त हुन पुग्छन् । यसबाट अन्तरावलोकनको स्थिति सिर्जना हुने हुँदा हामी अस्तित्वको यस स्रोतबारे सोच्न सक्षम हुन्छौँ जुन स्रोत हामी प्रत्येकभित्र तथा विश्वभित्र अवस्थित छ ।

नमस्ते मुद्राले हामीलाई हामीभित्रको आन्तरिक संसारको रहस्यभित्र प्रवेश गराउँदछ, कारण हाम्रो बाह्य संसार जुन हाम्रा नाङ्गा आँखाका पहुँचसम्म मात्र आउने भै सीमित रहन्छ त्यस संसारको तुलनामा हामीभित्रकै हाम्रो आन्तरिक संसार असीमित हुन्छ भन्ने कुरो हामी सच्चा भावले हाम्रा आन्तरिक ज्ञानद्वारा अवलोक गर्न सक्छौँ । अन्धै जन्मेका मानिसलाई पनि यो संसार छँदैछ र यही एक कुरो मात्र पनि हामीलाई सजिलैसित हाम्रो आन्तरिक संसारको बोध दिलाउनको लागि सटीक उदाहरण हो भन्ने तथ्यले यसको पुष्ट्याईं गर्दछ । सामान्य अवस्थामा, एक जन्मान्धको आन्तरिक संसार उसको आन्तरिक ज्ञान विनाको हुन्छ भने सारा इन्द्रियहरू सुचारु रूपले चलिरहेका एक मानिसको हकमा यो कुराको उसको आन्तरिक ज्ञानद्वारा बोधगम्य हुन जान्छ । बाह्य संसारभन्दा यो आन्तरिक संसार असीम हुने गरी कसरी विस्तृत हुन सक्छ ? हामीलाई थाहा छ, आकाशतत्व वा इथर तत्व भनी कहलिने एक अति गहन तत्वमा पृथ्वी (ठोस), जल (तरल), अग्नि (ग्याँस), वायु (उद्जन) जस्ता अन्य सबै तत्वहरू तथा उपाणु जगत् नै समाहित गर्ने क्षमता छ । हाम्रो शरीर यही विश्वकै एक सानो प्रतिकृति हो । अतः यो असीमित आन्तरिक ज्ञानको अभ्यास गरेर हामीभित्र प्रत्येक वस्तुसित एउटा सेतु स्थापित गर्न सकिन्छ । नमस्ते समुचित अभ्यासद्वारा हामीले विस्तारै दृढतासाथ प्राप्त गर्न सक्ने कुरो पनि यही नै हो ।

सच्चा भावनाले गरिएको नमस्तेले हाम्रो अहम्लाई हाम्रो विश्वासको लक्ष्य समक्ष समर्पित हुन सघाउँछ । हात जोडेर मनलाई मानवमात्रको एकत्व भावको सुरसित सुर मिलाई हामी विस्तारै विस्तारै ईश्वरसित पूर्ण तादात्म्य प्राप्त गर्न समर्थ हुनेछौँ । यसरी नमस्ते भावनाले हामीलाई हाम्रो बीचमा रहेका सारा छेकबार तोडेर विनयी बन्न सघाउँछ । फेरि यसले हामीलाई हाम्रा आध्यात्मिक तथा सामाजिक कर्महरू ईश्वरको निमित्त बनाई काम गराउँदछ । यस किसिमका परिवर्तन विगत तथा वर्तमानमा धेरैको जीवनमा आएका छन् र हामीप्रति जे जति भएका छन् ती सब ईश्वरकै कृपाले भएका हुन् भनी यसले तिनीहरूलाई विनम्र भई सोच्न समर्थ तुल्याएका छन् ।

यद्यपि नमस्ते भावनालाई कुनै पनि धार्मिक वातावरणमा पुष्ट पार्न र हुर्काउन सकिन्छ, तथापि जुन धार्मिक संज्ञा अन्तर्गत हामीले यस भावनालाई विकसित गरेका हौँ सो धार्मिक संज्ञा समेत समस्त बन्देज पार गर्न यसले नै आखिरमा हामीलाई मद्दत गर्दछ । त्यो अक्षुण्ण व्यक्तित्व जहाँ हृदय र मस्तिष्क संयुक्त नै एकत्वमा परिणत हुन्छ त्यसतर्पm नमस्ते भावना परिलक्षित भएकोले यसको भएको हो । अतः नमस्ते भावनाले मानिसबाट मानिसलाई विभाजन गर्ने सारा बार बन्धन हटाई मानव जातिकै बुद्धि र विश्वासको एकीकरण गराउँदछ । अन्तमा विश्वास र बुद्धिले नै विभिन्न धर्मका साम्प्रदायिक अभ्यासहरू र अन्ततोगत्वा ती विभिन्न धर्महरूमाथि नै विजय प्राप्त गर्दछन् । नमस्ते भावनाको विकासशील प्रक्रियामा हामी वास्तवमा नमस्तेबाट भैरहेको हाम्रो विकास र प्रगतिमा ज्ञानकै अनुभव गरिरहेका हुन्छौँ । जब यो ज्ञान विश्वासमा हुर्कन्छ तब यी ज्ञान बुद्धि बन्छ र यही नै यस सरल नमस्ते रूपी प्रमाणको लक्ष्य हो । अतः जातपात, मतमतान्तर वर्ण तथा राष्ट्रियताको भेदभाव विना सबैमाथि समानरूपले यो लागू हुन्छ ।
जब जड र जीव पुरुषत्वमा गएर संयुक्त हुन्छ तब नमस्ते मुद्राले वासना विनाको प्रेमलाई उजागर गर्न सघाउँछ । सामान्यतः मानिसहरू वासनामै प्रेम पाउँदछन् । वास्तवमा भन्ने होभ ने प्रेममा वासना हुँदैन । नमस्ते मुद्रामा नुहेर घोप्टो परेको व्यक्तिले एकत्वको अनुभूति पाएर जड र जीवभन्दा माथि उठ्दछ र त्यताबाट पुनःउसले वासता तत्वरहित मानवीय प्रेम पत्ता लगाउँदछ । वास्तविक अर्थ शोध गरेर नमस्ते गर्ने व्यक्तिलाई पुरुष वा स्त्री भन्ने भेदको प्रश्नै खडा हुँदैन र लिंग जेसुकै होस् नमस्ते गर्ने तरिका सबै व्यक्तिलाई उही नै हो । जीवनमा यस्तो बोध भएको स्थितिलाई हाम्रो पूर्वीय परम्परामा ब्रह्मचर्य भनिन्छ । यौनभावनालाई दाबाउनु ब्रह्मचर्य होइन । यौन भावनालाई दबाउनाले जीवनमा तनाव पैदा हुन्छ र यस तनावले कुनै पनि व्यक्तिलाई अवश्य नै निराशा तथा अहंकारतिर डो¥याउँछ । यौनलाई ठीक तरिकाबाट शान्तपूर्ण अवस्थामा सन्तुष्ट पार्नु पर्दछ । अन्यथा यसले विपरीत परिणाम पैदा गर्दछ । यसले यौनको कारणबाट निराशोन्मुख मानिसालई आफ्नो पूर्ण व्यक्तित्वमा यौनिक परिशुद्धि ल्याउन र वासनारहित प्रेम प्राप्त गर्न निश्चय नै मद्दत गर्दछ ।

हामी हाम्रा वासनालाई न दबाउन सक्छौँ न त रोक्न नै । हामीले यसो गर्न खोज्यौँ भने अवश्यमेव हामीमा तनाव निर्माण हुनेछ । यसले हामीलाई परास्त पारेर हाम्रा सुरक्षित किनाराबाट हामीलाई छुट्याइदिनेछ । अतः तिनको प्रकृति बुझेर तिनको परिशुद्धि गर्न हाम्रो सामथ्र्यको हदैसम्म प्रयास गर्नु हाम्रो लागि उत्तम हुनेछ । यस प्रविधिको चाभी यस नमस्तेभित्रै छिपेको छ । हामीले हामी भित्रबाटै यो कला विस्तारै विस्तारै दृढ भएर सिक्न सक्छौँ । यस विषयमा कसैले पनि हामीलाई मद्दत गर्न सक्दैन। प्रकृतिको नियम यो त्यसरी नै सम्भव छ जसरी हामी कसैको सहायता वा निर्देशन विना नै कामेच्छा परिपूर्तिको लागि रतिक्रीडामा प्रवीण बन्न सक्छौँ ।स कामुक बन्ने र त्यही काम वासनालाई परिशुद्धि गर्ने प्रक्रिया हामीभित्रै अन्तर्निहित छ र यस प्रविधिलाई हाम्रा आन्तरिक विभूतिले नै हाम्रा विकासशील प्रक्रियामा लयात्मक ढंगले नियन्त्रण गरेको हुन्छ ।
सनातन धर्मअन्तर्गत हाम्रा बहुसंख्यक जनताको लागि यस प्राकृतिक विकासको तालअनुरूप चार आश्रम वा चार जीवन चरणको व्यवस्था गरिनुको कारण यही नै हुनसक्छ । सच्चा नमस्ते भावमा रहँदा आफ्नो अनुभूतिभित्र यौन परिशुद्धीकरण हुन्छ र अन्तमा गएर प्रेममा कुनै वासना रहन आउँदैन । सच्चा आध्यात्मिक जीवनमा व्यक्तित्वहरूको संयोजन हुनुको सर्वप्रथम रहस्य यही नै हो, र सर्वोच्च चैतन्य स्वरूपको सुरअनुरूप जीवन प्राप्त गर्नको लागि भनेर अथक आत्मप्रयास गरेपछि मात्र आफ्नो व्यक्तित्वको वास्तविक संयोजन सम्पन्न हुन्छ ।

नमस्ते मुद्रामा रहँदा, जबरजस्ती कर्मको कुरा के गरौँ, कुनै मानिसले कुनै क्रिया पनि गर्दैन । तर अनुभूति भने निलम्बित रहन्छ र यसैलाई देवत्व वा अन्तरात्माप्रति समर्पण भन्ने संज्ञा दिइन्छ । नमस्ते गरिरहँदा हामीबाट आशा गरिएको समर्पणको गुणस्तरलाई पनि यसअनुरूप नै बुभ्mनु पर्दछ । हामीले एउटा कुखुराको अर्धांश तारेर खान र अर्को अर्धांश फुल पार्नको लागि भनेर पाल्न सक्तैनौँ । ठीक त्यस्तै हाम्रा मनलाई पनि पूर्णरूपले नै आफु भित्रको एकत्वप्रति पूर्ण समर्पणमा लगाउनु पर्दछ । दिनानुदिनको अभ्यासबाट हामीले विस्तारै विस्तारै यस नमस्ते मुद्रामा निहीत समर्पणको कलामा पारंगत हुन सक्छौँ । यदि अतीतमा यो बहुसंख्यकको लागि सम्भव थियो भने के हामीलाई पनि यो सम्भव छैन ? कर्मको यस्तो बोध हुने स्थितिलाई अहिंसा भनिन्छ, जुन योगको एक बाहु अर्थात् भगवान् बुद्धले प्रचार गरिदिएर गएको महान् सिद्धान्त हो । नमस्तेले दिनहुँ बेला बखतमा हाम्रा विभिन्न क्रियाकलापको मागमा हामीलाई हाम्रा जीवनका रहस्यका बारेमा सोच्ने क्षणहरू जुटाउँछ । हामी पनि नमस्ते भावनाले हामीलाई हाम्रा व्यावहारिक जीवनमा अहिंसा वा आघात भाव विकसित गर्न उचित दृष्टिकोणबाट सघाइरहेको राम्ररी देख्न सक्छौँ ।
ब्रह्ममा जड जीवसित एक हुन्छ भन्ने धारणा जब हामी नमस्ते भावनामा हुर्काउँदछौँ तब अर्काको धनको लालसा गर्ने वा हरण गर्ने प्रवृत्ति हाम्रा व्यवहारबाट अलेपर जान्छ । नमस्तेले सत्यता झल्काउँछ । सत्य एक मात्र हो, दुई होइन, त्यसकारण दुइटै हात एउटैरूपमा आफु भित्रको एउटै हृदयमाथि ल्याइन्छन् । यो अनुभूतिको अवस्था जब आपूm भन्ने चीजलाई मन, वचन र कर्मले समर्पण गरिन्छ तब पनि केवल एमात्र रहन्छ र त्यो एक त्यही सत्य हो जुन नमस्ते मुद्रामा मान्य भई एकद्वारा अर्कोप्रति सञ्चारित हुन्छ ।

साल्ट ट्रेडिङ्ग कपोर्रेशन लिमिटेड

कालिमाटी, काठमाडौं
फोन नं: ०१४ २७० ३१५ ,फ्याक्स: ०१४ २७१ ७०४
Email salt@stcnepal.com, admin@stcnepal.com

नेपालको सवैभन्दा पुरानो सुपर मार्केट

विशाल बजार कम्पनी लि.
शुक्रपथ, काठमाडौं, नेपाल

फोन: ०१४ २२८ ३४२, ०१४ २४२ १८५, ०१४ २२२ ४२३
Email: info@bishalbazar.com.np

खबरका दस्तावेजहरु