शुक्रबार, बैशाख ७, २०८१

काठमाडौंका ४४ केन्द्रबाट साउन ४ देखि ६ गतेसम्म जोन्सनको खोप लगाइँदै

काठमाडौं असार २९ ,
अमेरिकाबाट कोभ्याक्स फ्यासिलिटी मार्फत प्राप्त कोभिड विरुद्धको जोन्सन एन्ड जोन्सनको खोप काठमाडौं जिल्लामा साउन ४ गतेदेखि लगाउने भएको छ।

काठमाडौंका प्रमुख जिल्ला अधिकारी काली प्रसाद पराजुलीको संयोजकत्वमा मंगलबार बसेको कोभिड९१९ खोप कार्यक्रमलाई थप प्रभावकारी गर्न गठित समन्वय तथा अनुगमन समितिको बैठकले काठमाडौंका ४४ वटा खोप केन्द्रबाट साउन ४ देखि ६ गतेसम्म जोन्सनको खोप लगाउने निर्णय गरेको हो।

त्यस्तै स्वास्थ्य तथा जनसंख्या मन्त्रालय सम्वद्ध अधिकारीअरुका अनुसारअमेरिकाबाट प्रनप्त जोन्सन एन्ड जोन्सनको १५ लाख ३४ हजार ८५० डोज खोप ५० देखि ५४ वर्ष उमेर समूहका नागरिक संगै नेपालमा बसोबास गरिरहेका शरणार्थीहरु र यसअघि खोप लगाउन छुटेका स्वास्थ्य संस्थामा कार्यरत स्वास्थ्यकर्मी र सरसफाईकर्मीहरुलाइ लगाइने जनाएको छ।

त्यस्तै भेरोशिल खोप पनि सोहि खोप केन्द्रबाट आजदेखि साउन २ गते सम्म र सायन ४ गतेबाट जोन्सनको खोप लगाउने जारी सूचनामा उल्लेख गरिक्एो छ ।

NTA

नेपालको सवैभन्दा पुरानो सुपर मार्केट

विशाल बजार कम्पनी लि.
शुक्रपथ, काठमाडौं, नेपाल

फोन: ०१४ २२८ ३४२, ०१४ २४२ १८५, ०१४ २२२ ४२३
Email: info@bishalbazar.com.np

खबरका दस्तावेजहरु