शुक्रबार, अशोज २१, २०७९

काँग्रेसले दियो देशभर ८ लाख ५२ हजार ७११ जनालाई पार्टीको क्रियाशील सदस्यता

काठमाडौ साउन १२,
नेपाली काँग्रेसको आसन्न् १४औं महाधिवेशनको प्रयोजनार्थ देशभर ८ लाख ५२ हजार ७११ जनालाई पार्टीको क्रियाशील सदस्यता प्रदान गरेको छ । मंगलबार बिहान प्रधानमन्त्री एवम् पार्टी सभापति शेरबहादुर देउवाको निजी निवास बूढानीलकण्ठमा बसेको पदाधिकारी बैठकको क्रममा केन्द्रीय क्रियाशील सदस्यता छानबिन समितिले क्रियाशील सदस्यता सम्बन्धमा आवश्यक छानविन पछि बुझाएको प्रतिवेदनमा उक्त सख्या उल्लेख गरिएको
छ ।

त्यस्तै पदाधिकारी बैठकमा केन्द्रीय क्रियाशील सदस्यता छानबिन समितिका संयोजक एवम् काँग्रेस केन्द्रीय सदस्य रमेश लेखकले ४ लाख ९ हजार ३३ सदस्यको क्रियाशील सदस्यताको नवीकरण गरिएको र ४ लाख ४३ हजार छ सय ७८ जनालाई नयाँ क्रियाशील सदस्यता प्रदान गरिएको जानकारी दिनुभएकोछ ।

साथै सभापति शेरबहादुर देउवा, वरिष्ठ नेता रामचन्द्र पौडेल, उपसभापतिद्धय बिमलेन्द्र निधि, विजयकुमार गच्छेदार, महामन्त्रहिरु डा. शशांक कोइराला, पूर्णबहादुर खड्का लगायतका नेताहरुको सहभागिता सम्पन्न बैकठमा क्रियाशील सदस्यता सम्बन्धमा प्रतिवेदन बुझाउन कार्य भएपनि महाधिवेशन अन्र्तगत गाउँ नगर र वडा अधिवेशनको मिति र महाधिवेशनको मितिका सवालमा छलफल भए पनि मिति भने नतोकिएको बुझिएको छ।

Dashain
Dashain1
Dashain2

साल्ट ट्रेडिङ्ग कपोर्रेशन लिमिटेड

कालिमाटी, काठमाडौं
फोन नं: ०१४ २७० ३१५ ,फ्याक्स: ०१४ २७१ ७०४
Email salt@stcnepal.com, admin@stcnepal.com

नेपालको सवैभन्दा पुरानो सुपर मार्केट

विशाल बजार कम्पनी लि.
शुक्रपथ, काठमाडौं, नेपाल

फोन: ०१४ २२८ ३४२, ०१४ २४२ १८५, ०१४ २२२ ४२३
Email: info@bishalbazar.com.np

खबरका दस्तावेजहरु