मङ्लबार, अशोज १२, २०७८

औषधिका थोक व्यवसायीको समस्या समाधानार्थ चरणवद्ध कार्यारम्भ गर्ने राज्यमन्त्री श्रेष्ठको जनाउ

काठमाडौं साउन ११,
नव नियुक्त स्वास्थ राज्यमन्त्री उमेश श्रेष्ठले मुलुकको स्वास्थ्य क्षेत्र अन्र्तगत  औषधि व्यवसाय संग आफु परिचित रहेको जनाउ सहित यस क्षेत्रमा क्रियाशील थोक ब्यबसायीको समस्या समाधानका लागि आफुले चरणवद्धरुपमा गर्न सकिने सवै किसिमका सहयोग गर्न किन्चित पनि पछि नपर्ने बताउनुभएको छ । त्यस्तै उहाँले आगामी दिनमा संघ संगको सहकार्यलाइ थप घनिभुत बनाउदै अगाडि बढ्ने बताउनु भएको छ

औषधिका थोक व्यवसायीहरुको साझा संस्था नेपाल औषधि थोक व्यवासयी संघका केन्द्रीय अध्यक्ष शिव बास्कोटा नेतृत्वको प्रतिनिधी मण्डलले संस्थागत स्वागत सहित राज्यमन्त्री श्रेष्ठको कार्यकालको सफलताका लागि आज मन्त्रालयलमा बधाइ ज्ञापन गर्दैगर्दा उहाँले यस्तो अभिव्यक्ति दिनुभएको हो ।

त्यस्तै आजै संघले मन्त्रालयको सचिवको जिम्म्ेवारी प्राप्त गर्नुभएके स्वास्थ्य सचिव डा रोशन पेखरेललाइ समेत सपफल कार्यकालको कामना गर्दै औषधि जगतमा थोक औषधि व्यवसायीले झेल्दै आएको अनेकन समस्याको जानकारी गराउदै ती समस्या समाधानका लागि तत्काल पहलकद्मी   लिदै कोभिडकहरको महामारीमा आफ्नो मात्र नभइ घर परिवारको समेत स्वास्थ्यलाइ जोखिममा राख्दै अहोरात्र क्रियाशील औषधि व्यवसायीलाइ राज्य प्रदत सेवा सुविधा संगै व्यवसायलाइ मर्यादित राख्न आवश्यक नियम तर्जुमा गर्न समेत आग्रह गर्नुभएको थियो ।

प्रतिनिधीमण्डलको माग सहितको ध्यानाकर्षण पछि स्वास्थ्य सचिव डा पोखरेलले औषधिका थोक ब्यवसायीको समस्या प्रति छिटै छलफल गरि सहज बाताबरण संगै र सुरक्षित र मर्यादित ब्यबसायका लागि आवश्यक नितिनियमका लागि कार्यारम्भ गर्ने बताउनुभएको छ ।
प्रतिनिधीमण्डमा संघका महासचिव गणेश नेपाल लगायतको उपस्थिती रहेको थियो ।

साल्ट ट्रेडिङ्ग कपोर्रेशन लिमिटेड

कालिमाटी, काठमाडौं
फोन नं: ०१४ २७० ३१५ ,फ्याक्स: ०१४ २७१ ७०४
Email salt@stcnepal.com, admin@stcnepal.com

नेपालको सवैभन्दा पुरानो सुपर मार्केट

विशाल बजार कम्पनी लि.
शुक्रपथ, काठमाडौं, नेपाल

फोन: ०१४ २२८ ३४२, ०१४ २४२ १८५, ०१४ २२२ ४२३
Email: info@bishalbazar.com.np

खबरका दस्तावेजहरु