सोमवार, साउन १८, २०७८

आज प्रथम जननिर्वाचित प्रधानमन्त्री बीपी कोइरालाको ३९औंँ स्मृति दिवस मनाइँदै

काठमाडौं साउन ६,
नेपाली काँग्रेसका संस्थापक एवं देशको प्रथम जननिर्वाचित प्रधानमन्त्री बीपी कोइरालाको ३९औंँ स्मृति दिवस आज देशभर विभिन्न कार्यक्रमका साथ मनाइँदैछ । मुलुकको प्रजातान्त्रिक आन्दोलमा बीपी कोइरालाको योगदानको स्मरण आफैम महत्वपूर्ण रहेको छ।  नेपाली काँग्रेसको आसन्न १४ औ महाधिवेशनको मिति नगिचिदै गर्दाको अवसरमा मनाइदै गरेको बीपी स्मृति दिवसले मुलक र सिङ्गो काँग्रेसवृतमा उहाको सोच कार्यान्वयन गर्ने नयाँ उर्जा सञ्चार हुने अपेक्षा गरिएको छ ।

विसं १९७१ सालभाद्र २४ गते भारतको बनारसमा जन्मेका कोइरालाको क्यान्सर रोगका कारण २०३९ साल श्रावण ६ गते आजकै दिन निधन भएको थियो ।  २००७ सालमा १०४ बर्षीय जहानीया राणशासनबिरुद्ध जनक्रान्तीको नेतृत्व गर्दै मुलकुमा प्रजातन्त्र स्थापनाका लागि महत्वपूर्ण योगदान गर्नु भएको थियो ।

मुलुकको परिवर्तनमा मात्र नभएर भारतीय स्वतन्त्रताको आन्दोलनमा समेत सहभागी कोइराला नेपालको प्रजातान्त्रिक आन्दोलनका एक आर्दश एवम् धरोहर मानिन्छ । उहाँ  २०१५ सालमा भएको पहिलो संसदीय चुनावपछि पहिलो जननिर्वाचित प्रधानमन्त्री बन्न सफल भएका थिए ।  तर कोइरालाको जननिर्वाचित सरकारले १८ महिना पनि बिताउन नपाउँदै तत्कालीन राजा महेन्द्रले सेनाको शक्तिका भरमा सत्ताच्युत गरी कोइरालालगायत नेतालाई जेल हाल्नुभयो । विसं २०१७ पुस १ गते जननिर्वाचित प्रधानमन्त्री कोइराला, संसद्का सभामुख कृष्णप्रसाद भट्टराई, मन्त्री गणेशमान सिंहलगायत नेतालाई केही महिना सिंहदरबार र त्यसपछि सुन्दरीजल बन्दी गृहमा बन्दी बनाइएको थियो ।

मृत्युदण्ड सहितको मुद्दाको पनि कुनै पर्वाह नगरी ०३३ सालमा भारतवाट मेलमिलापको निती सहित स्वदेश फर्किका विपिले २०१७ सालमा खोसिएको प्रजातन्त्रको पुनः प्रजातन्त्र स्थापनामा सक्रिय रहँदारहँदै अवस्थामा २०३९ श्रावण ६ गते उहाँको दुःखद निधन भएको थियो ।

बहुआयामिक प्रतिभाका धनी एवम् मनोविश्लेषणवादी साहित्यकारकारुपमा समेत परिचित विपिका ‘तीन घुम्ती’, ‘सुम्निमा’,‘मोदी आइन’, ‘आफ्नो कथा’, ‘जेल जर्नल’, ‘हिटलर र यहुदी’ ‘नरेन्द्र दाइ ’लगायत साहित्क्किृती उहाके जेल जीवनलगायत विषयमा उहाँसँग गरिएको कुराकानीमा आधारित ‘आत्मवृतान्त’ सुन्दरीजल बन्दी गृहमा लेखिएको दैनिकी ‘फेरि सुन्दरीजल’ पुस्तक बहुचिर्चित रहेका छन ।

साल्ट ट्रेडिङ्ग कपोर्रेशन लिमिटेड

कालिमाटी, काठमाडौं
फोन नं: ०१४ २७० ३१५ ,फ्याक्स: ०१४ २७१ ७०४
Email salt@stcnepal.com, admin@stcnepal.com

नेपालको सवैभन्दा पुरानो सुपर मार्केट

विशाल बजार कम्पनी लि.
शुक्रपथ, काठमाडौं, नेपाल

फोन: ०१४ २२८ ३४२, ०१४ २४२ १८५, ०१४ २२२ ४२३
Email: info@bishalbazar.com.np

खबरका दस्तावेजहरु