बुधबार, बैशाख १२, २०८१

आइतबार अपरान्ह काँग्रेस संसदीय दलको बैठक बस्दै

काठमाडौं सायन २ ,
नेपाली काँग्रेसका सभापति एवम् प्रधानमन्त्री शेरबहादुर देउवाले आइतबार संसदीय दलको बैठक बोलाउनुभएको छ । कांग्रेस सभापति तथा संसदीय दलका नेता शेरबहादुर देउवा प्रधानमन्त्री हुनुभएपछि पहिलो पटक कांग्रेसको संसदीय दलको बैठक बस्न लागेको हो ।

आइतबार दिउँसो २ बजे नयाँ बानेश्वरस्थित संसद भवनमा संसदीय दलको बैठक बस्ने तयारी भएकोसचेतक पुष्पा भुसालले जानकारी दिनुभएको छ।

बैठक मुलत मन्त्रिपरिषद्को सिफारिशमा आइतवारका अपरान्ह बस्ने गरि आह्वान भएको सङ्घीय संसद्का दुवै सदनको अधिवेशन लगायत थप समसमायिक राजनीतिक विषयमा छलफल हुने बताइएकोछ ।