बुधबार, अशोज १२, २०७९

राजधानीबाट चोरीका गाडी र नक्कली ‘ब्लु बुक’ बनाएर बेच्ने गिरोह पक्राउ

काठमाडौअसार १५,
महानगरीय अपराध महाशाखाले चोरीका गाडी र नक्कली ‘ब्लु बुक’ बनाएर बेच्ने गिरोहलाई पक्राउ गरेको छ । महाशाखाका अनुसार पक्राउ परेको अभियुक्तहरुले भारतबाट गाडी चोरी गरी नेपाल भित्र्याउनेमात्र नभइ त्यसको नक्कली ‘ब्लु बुक’ सहितको कागजात र नक्कली शैक्षिक प्रमाणपत्र, लाइसेन्स, राहदानी बनाएर बेच्ने गरेको जनाएको छ ।

त्यस्तै विशेष सूचनाको आधारमा प्रहरीले दुईवटा हुन्डाइको क्रेटा गाडी नियन्त्रणमा लिदै शुरु गरेको अनुसन्धानपछि उक्त गिरोहको खुलासा भएको महाशाखाका एसएसपी चन्द्र कुबेर खापुङले बताउनुभयो ।पक्राउ पर्नेमा लमजुङ घर भई सामाखुसी बस्ने कमल बाबु भट्ट, भक्तपुर चाँगुनारायण बस्ने मधु सिलवाल र अरुण खड्का तथा शान्तिनगर बस्ने, मोरङका रेवतीरमण निरौला रहेका छन ।

साथै प्रहरीले पत्रकार सम्मेलनमा दिएको जानकारी अनुसार गाडी किनबेचको कुरा मिलाई भक्तपुरको सुर्यविनायक ६ गणेश मन्दिरबाट प्रदेश ३–०१०२४ च ०२५३ नम्वर प्लेटको सेतो क्रेटा कार खरिरद विक्रीको क्रममा कारमा सवार अरुण खड्का, मधु सिलवाललाई पक्राउ गरिएको अपराध महाशाखाले जनाएको छ ।

 

साल्ट ट्रेडिङ्ग कपोर्रेशन लिमिटेड

कालिमाटी, काठमाडौं
फोन नं: ०१४ २७० ३१५ ,फ्याक्स: ०१४ २७१ ७०४
Email salt@stcnepal.com, admin@stcnepal.com

नेपालको सवैभन्दा पुरानो सुपर मार्केट

विशाल बजार कम्पनी लि.
शुक्रपथ, काठमाडौं, नेपाल

फोन: ०१४ २२८ ३४२, ०१४ २४२ १८५, ०१४ २२२ ४२३
Email: info@bishalbazar.com.np

खबरका दस्तावेजहरु

June 2021
S M T W T F S
 123456
78910111213
14151617181920
21222324252627
28293031