मङ्लबार, बैशाख ११, २०८१

शरीरमा शीतलता र शक्ति सञ्चयका लागि छुपुछुपु हिलोमा धान रोपेर दही च्यूरा खाँदै

काठमाडौं असार १५,
छुपु र छुपु हिलोमा धान रोपेर छोडौँला, बनाई कुलो लगाई पानी आएर गोडौँला’ जस्ता लोक लयका गीत गाउँदै ,रमाउँदै आज देशभर राष्ट्रिय धान दिवस मनाइदै छ । आजको दिन हिलोमा रमाउँदै धान रोप्नुको जति महत्त्व जति छ । त्यतीनै मजा परम्परादेखि नै चल्दै आएको चलन अनुरुप रोपाईको काम सकिएपछि दही चिउरा खानुको मजा पनि उत्तिकै छ ।

त्यसोत पछिल्ले समय रोपाइको काममा लागेकाहरुले मात्र नभइ असार १५ मा दही चिउरा खानै पर्छ भन्ने मानसिकता मानिसहरूमा विकास भएको पाइन्छ । तर यहाँ गामघरमा जस्तो नभइ व्यावसायिक डेरीहरुबाट दही गरिद गरेरै भए पनि दही चिउरा खाने प्रचलन बढ्दो पाइन्छ ।
त्यस्तै असार १५ मा दही चिउरा खाइनुको विशेषता भनेको दही च्यूराले शरीरमा शीतलता प्रदान गराइ शक्ति सञ्चय हुने विश्वास सहित दही च्यूरा खाने जानकार हरु बताउँछन ।

त्यस्तै दहीमा कार्बोहाइड्रेट , चिनी र बोसोको मात्रा न्यून हुने हुनाले यसले धेरै अलस्य गराउदैन । दहीमा शरीरलाई चिसो राख्ने एक प्रकारको इन्जाईम हुन्छ हुन्छ, जसले शरीरलाई फाइदा गर्ने भएकोले पनि यसको सेवन लाभकारी मानिएको हो । साथै दहीमा भिटामिन बी र सी पनि हुने हुनाले पखाला लागेका बेला दही च्यूरा खाएमा औषधिको समेत काम गर्दछ ।