बुधबार, बैशाख १२, २०८१

आज १८औँ राष्ट्रिय धान दिवस विभिन्न कार्यक्रमको आयोजना गरी मुलुकभर मनाइँदै

काठमाडौं असार १५,
विगत एक दशक यता देखि प्रत्येक असार१५ गतेका दिन मनाउँदै आईरहेको राष्ट्रिय धान दिवस १८औँ धान दिवस विभिन्न कार्यक्रमको आयोजना गरी मुलुकभर मनाइँदै छ । राष्ट्रिय धान दिवसका रुपमा मनाइँदै गरेको धान दिवसका दिन धानको उत्पादन बढाउन, नयाँ जातका धानको बीउ सिफारिस र त्यसको प्रचारप्रसारका लागि संयुक्त राष्ट्रसंघले सन् २००४ मा धान नै जीवन हो भन्ने नारा दिएर अन्तराष्ट्रिय धान दिवस मनाउने घोषणा गरे यता नेपालमा पनि यो दिवस मनाउँन सुरु गरिएको हो ।

धान दिवसका अवसरमा छुपु र छुपु हिलोमा धान रोपेर छोडौँला, बनाई कुलो लगाई पानी आएर गोडौँला’ जस्ता लोक लयका गीत गाउँदै रमाउँदै आज ललितपुरको खुमलतारमा कृषि विकास मन्त्रालय अन्र्तगत नेपाल कृषि अनुसन्धान परिषद, राष्टिय कृषि अनुसन्धान परिषद र बाली विज्ञान महाशाखाले दिवस सम्बन्धी कार्यक्रम त्यस्तैगरि सातै प्रदेशका विभिन्न जिल्लामा पनि सरकारी तथा गैरसरकारी क्षेत्रबाट विभिन्न कार्यक्रमको आयोजना गरिदै छ ।